सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

चिनियाँ भाइरस फैलिँदै, नेपालमा पनि त्रास

बेइजिङ । चीनबाट सुरु भएको कोरोना भाइरसका कारण संक्रमणकै रुप लिएको बताइएको छ ।

चीनमा गत डिसेम्बरदेखि अहिलेसम्म तीनजनाको मृत्यु भइसकेको छ । दुई सय बढीलाई यसका बिरामी छन् । अन्तर्राष्ट्रिय मिडियाका अनुसार यो संक्रमण जनावरबाट मानिसमा सर्छ । २००२ मा पनि चीनमा यस्तै प्रकृतिको संक्रमण देखिएको थियो ।

मार्स नामको उक्त संक्रमणबाट ७ सय ७४ जनाको मृत्यु भएको थियो । चिनियाँहरु नयाँ वर्षको तयारीमा रहँदा रहस्यमयी भाइरसको संक्रमणका कारण चिन्ता बढेको छ । चीनको वुहान राज्यबाट सुरु भएको यो भाइरस थाइल्याण्ड, फिलिपिन्स, जापान र दक्षिण कोरियामा समेत देखिन थालेको छ ।

जसकारण चिनियाँ स्वास्थ्यकर्मी सँगै विश्व स्वास्थ्य संगठनका अधिकारीले पनि यसमा चासो देखाएका छन् । कोरोना भाइरस यसअघि पनि चीनमा देखिएको थियो । कोरोना भाइरसका बिरामीमा सामान्यतः रुघाखोकी र ज्वरो आउँछ ।

स्वासप्रस्वासमा समस्या आउनुका साथै न्युमोनिया समेत देखिने स्वास्थ्यकर्मीहरु बताउँछन् । वुहानमा मात्रै एक सय ७० बिरामीले अस्पतालमा उपचार गराउँदै छन् । जसमध्ये नौजनाको अवस्था गम्भीर रहेको बताइएको छ ।

नेपालमा पनि त्रास

अघिल्लो हप्ता चीनको वुहानबाटै एकजना नेपाली काठमाडौँ आएका थिए । स्वासप्रस्वासमा समस्या देखिएपछि उनी स्वास्थ्य जाँच गराउन टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा पुगेका थिए ।

चिकित्सकहरुले उनलाई कोरोना भाइरसकै आशंका गरे । चेकजाँचको क्रममा ती व्यक्तिमा उक्त भाइरसको संकेत नभेटिएको बताइएको छ । यद्यपि चीनबाट फर्किएका नेपाली विद्यार्थी लगायत व्यक्तिमा उक्त संक्रमण लाग्ने आशंका गरिएको छ । छिमेकी मुलुकमा पनि विस्तार भइरहँदा नेपालमा पनि शतर्कता अपनाउनुपर्ने स्वास्थ्यकर्मीहरुले बताएका छन् ।

भर्खरै

सम्बन्धित खबर

Language »