सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

चिनिया टोलीद्धारा कलाकार सिंहको कला संग्राहालयको अवलोकन


नेपालगञ्ज, चीनका प्रसिद्ध वुद्धिष्ट लामा ९गुरु० मास्टर मिचु छेइङयुको टोलीले आज नेपालगञ्जका वरिष्ठ कलाकार श्यामानन्द सिंहको कला संग्राहालयको अवलोकन गरेको छ । सो टोली नेपाल चिन पारस्परिक सहयोग समाजको निम्तोमा शनीबार नेपालगञ्ज आएको हो । बुद्ध धर्मलाई कलाको माध्यमबाट प्रस्तुत गर्दै आउनु भएका छेइङयुसँगै अनुयायी मिस वाङ्ग तथा मि। हाईहुङ्ग समेतले सिंह निवासमा अवस्थित संग्राहालयको अवलोकन गरेको हो ।

अमेरीका, युरोप, भारत लगायतका देशहरुमा बुद्ध धर्मको बारेमा प्रवचन दिइसक्नु भएका छेइङयूसहितको टोलीलाई कलाकार सिंहले माला र खादाले स्वागत गर्नु भएको थियो । टोलीले कलाकार सिंहद्धारा सिर्जीत हस्तकला, चित्रकला, मुर्र्तीकलाका विभिन्न सिर्जनाहरुको रुचीपुर्वक अवलोकन गर्नुका साथै उच्च प्रशंसा गरेको थियो । यस अघि सो टोलीले बागेश्वरी मन्दीरस्थित हर्ष कृति महाविहार, न्यूरोडस्थित बौद्ध गुम्वा, कोहलपुर पीपरीको शान्ति तपोभूमी बौद्ध विहार आदिको अवलोकन गरेको थियो ।

टोलीमा नेपाल चिन पारस्परिक सहयोग समाजका कोषाध्यक्ष टोप बहादुर थापा, सदस्य एवं कलाकार सुन्दर गुरुङ, इश्वर श्रेष्ठ, रामचन्द्र तिवारी, तामाङ धेदुङ बाँके अध्यक्ष सरोज तामाङ, पुर्व अध्यक्ष माइली लामा रहनु भएको थियो ।

भर्खरै

सम्बन्धित खबर

Language »