सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

चीनमा दाेस्राे लहरकाे काेराेना फैलिने त्रास, बेइजिङका स्कुल, खेल र मनोरन्जन स्थलमा कडा प्रतिबन्ध

काठमाडौं । चीनमा लगातार कोरोना संक्रमितको संख्या थपिन थालेपछि चीनकाे राजधानी बेइजिङमा लकडाउन अझ विस्तार गरिएको छ । दैनिक संक्रमित बढ्न थालेकोपछि बेइजिङमा लकडाउन विस्तार गरिएको हाे ।

विभिन्न तथ्याङ्क निकाल्ने संस्था वर्ल्डो मिटर्स डट इन्फोका अनुसार २४ घन्टाको अवधिमा चीनमा ४० जना नयाँ संक्रमित थपिएका छन् । चीनमा पछिल्लो तीन दिनदेखि पुनः कोरोना संक्रमितको संख्या बढ्न थालेको हो । आइतबार पनि चीनमा ४९ जना नयाँ कोरोना संक्रमित थपिएका थिए ।

पछिल्लो समय चीनको राजधानी बेइजिङमा सबैभन्दा बढी काेराेनाका संक्रमित भेटिएक छन् । विश्व स्वास्थ्य सङ्गठनका अनुसार बेइजिङमा सङ्क्रमणका एक सयभन्दा बढी घटना देखिएका छन् ।

बेइजिङको हेडियान इलाकामा एक थोक बजारमा कोरोना संक्रमित भेटिका थिए । त्यसपछि शनिवारदेखि उक्त बजार र वरिपरिका २१ वटा क्षेत्रमा लकडाउन गरिएको छ ।

बेइजिङका धेरैजसो जिल्लाका स्कुलहरु बन्द गरिएको छ । ठाउँ–ठाउँमा सुरक्षा चेक पोष्ट राखिएको छ । बेइजिङवासीलाई कोरोना परीक्षण गराउन आह्वान गरिएको छ । खेल र मनोरन्जन केन्द्र पनि बन्द गरिएको छ । सुपरमार्केट र कार्यालयहरुमा प्रवेश गर्नेहरुको शरीरको तापक्रम जाँच्न थालिएको छ ।

गत वर्षको डिसेम्बरमा वुहानबाट कोरोना भाइरसको संक्रमण फैलिए पनि चीनले त्यसलाई नियन्त्रणमा लिन सफल भएको थियो । एजेन्सीको सहयोगमा।

भर्खरै

सम्बन्धित खबर

Language »