सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

चुन्ना नेतृत्वको प्यानललाई मतदाताले गरे भव्य स्वागत

दिनेश ठाकुर,

नेपालगञ्ज । नेपालगञ्ज उद्योग वाणिज्य संघको आगामी माघ ११ गते हुने निर्वाचनका लागि प्रचार अभियानमा होमिएको अब्दुल वाहिद मन्सुरी चुन्ना नेतृत्वको समावेशी प्यानललाई मतदाताले स्वागत गरेका छन् । संघका प्रथम उपाध्यक्ष चुन्ना नेतृत्वको समावेशी प्यानलले प्रचार,प्रसार तिव्र बनाउँदै यतिबेला घरदैलो अभियान सञ्चालन गरिरहेको छ ।

अध्यक्षका उम्मेदवार चुन्नाका अनुसार समावेशी प्यानलका उम्मेदवारले सोमवार धम्वोझी, नर्सिङ्गहोम, खजुरारोड, सुर्खेतरोडमा घरदैलो गरेका छन । चुन्ना सहित समावेशी प्यानलका उम्मेदवारहरुलाई प्रचार अभियानमा मतदाताले स्वतस्फुर्त भव्य स्वागत गरे ।

व्यवसायीक हकहितको एजेण्डा बोकेर आफुहरु मतदाता माझ आइपुगेको उम्मेदवारले बताएका छन् । ‘संघलाई उद्योगी, व्यवसायीको भरोसाको केन्द्र बनाउने अभियान सहित निर्वाचनमा सहभागी भएका छौं ।’– मतदातासंगको भेटमा अध्यक्ष पदका उम्मेदवार चुन्नाले भन्नुभयो,– हाम्रो अभियानमा तपाईहरुको साथ र सहयोग रहने आशा गरेका छौं ।’ समावेशी प्यानलका उम्मेदवारले मतदाताको सहयोगबाट आफुहरु उत्साहित भएको बताए ।

समावेशी प्यानलको उपाध्यक्ष (वाणिज्य) तर्फ ज्ञानेन्द्र श्रेष्ठ, उपाध्यक्ष (उद्योग) तर्फ आदेश अग्रवाल उम्मेदवार रहेका छन् । सदस्यमा टंक धामी,अब्दुल वाहिद अन्सारी, श्यामसुन्दर अधिकारी, चिरञ्जीवी ओली, हरिलाल न्यौपाने, राजेश बैश्य, धर्म अर्याल, बिजय भण्डारी ‘बासु’, जहाँगिर मुसलमान, सुनिल बानिया ‘पप्पु’, मन्दिरा पाण्डे, भिम रानाभाट रहनुभएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »