सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

चैत ११ देखि चैत १८ गते बिहान ६ बजेसम्मका लागि देशभर लक डाउन

काठमाडौँ । सरकारले भोलि म‌ंगलबार बिहान ६ बजेदेखि लकडाउन गर्ने निर्णय गरेको छ । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्‍वर पोखरेलको संयोकत्वमा रहेको कोभिड-१९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको सोमबार बसेको बैठकले चैत ११ देखि चैत १८ गते बिहान ६ बजेसम्मका लागि देशभर लक डाउन गर्ने निर्णय गरेको हो ।

लक डाउनमा सबै हवाइसेवा बन्द हुनेछन्। औषधि उपचार र खाद्यवस्तुजस्ता अत्यावश्यक काममा बाहेक कुनै पनि व्यक्ति घरबाहिर ननिस्किने आदेश सरकारले जारी गरेको छ। सुरक्षाकर्मी, स्वास्थ्यकर्मी जस्ता अत्यावश्यक सेवामा खटिएका तथा अनुमति प्राप्त व्यक्ति र सवारी साधनबाहेकको आवतजावत रोकिनेछ।

फ्रान्सबाट कतारको दोहा हुँदै चैत ४ गते नेपाल आएकी एक युवतीमा कोरोना संक्रमण भएको पुष्टि भएपछि सरकारले यस्तो निर्णय गरेको हो।

स्वास्थ्यमन्त्री भानुभक्त ढकालले सोमबार पत्रकार सम्मेलन गरी युवतीको परीक्षणमा आइतबार संक्रमण देखिएको बताएका हुन्। सरकारले सोमबारदेखि नै छिमेकीसँगका सबै नाका एक साताका बन्द गरिसकेको छ।

भर्खरै

सम्बन्धित खबर

Language »