सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

चौतर्फी विरोधपछि सरकारले कर तिर्ने अवधि असार ७ गतेसम्म बढायो

काठमाडौँ । सरकारले कर तिर्ने समय बढाएर असार १५ गतेसम्म पुर्‍याएको छ । विभागले मंगलबार मात्र जेठ २५ गतेभित्र कर तिर्नुपर्ने, नभए जरिवााना लाग्ने सूचना निकालेको थियो । त्यसको चौतर्फी आलोचना भएपछि विभागले बुधबार नयाँ सूचना निकालेर असार ७ देखि १५ गतेसम्म समय थपेको हो

विभागले १५ गतेसम्म तोके पनि उद्योगीहरुले भने लकडाउन खुलेको कम्तीमा ३ महिना समय चाहिने बताउँदै आएका छन् । लकडाउनले उद्योगधन्दा नै ठप्प भएकाले तत्काल कर तिर्न नसक्ने उनीहरुको दाबी छ ।

विभाग उपमहानिर्देशक मुक्ति पाण्डेले यसबीचमा केही समस्या आए सहजीकरण गरिने जानकारी दिए। ‘मन्त्रालयको निर्देशनअनुसार कार्यान्वयन गरेका छौं,’ उनले भने, ‘यस अवधिमा कुनै समस्या भए सहजीकरण गर्छौं ।’ विभागले जारी गरेको सूचनाअनुसार करदाताले चैत महिनामा बुझाउनु पर्ने आयकरको दोस्रो किस्ता असार १५ गतेसम्म बुझाउनुपर्ने उल्लेख छ ।

फागुन, चैत र वैशाख महिनाको बुझाउनु पर्ने विवरण तथा विवरण बमोजिमको अन्तशुल्क दाखिला गर्ने म्याद असार ७ गतेसम्म, अग्रीम कर कट्टी र अग्रीम कर असुलीको विवरण बुझाउने म्याद तथा ती विवरण बमोजिमको कर दाखिला गर्ने म्याद असार ७ गतेसम्म तोकेको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »