सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

चौरजहारी घटना जातीय भेदभावमा आधारित नियोजित रुपमा गरिएको सामूहिक हत्या भएको छानबिन समितिको निष्कर्ष

काठमाडौँ / ३० असार ।
अन्तरजातीय बिहेको विवादमा कुटपिट हुँदा ६ जनाको ज्यान गएको रुकुमको चौरजहाजरी घटना नियोजित भएको संसदीय छानविन समितिले निष्कर्ष निकालेको छ ।

आक्रमणको नेतृत्व वडाध्यक्षले गरेको र घटनाको अनुसन्धानमा प्रहरी प्रशासनको अनुसन्धान फितलो देखिएको समितिले निष्कर्ष निकालेको हो ।

समितिले घटना भवितव्य नभएर नियोजित भएको, जातीय भेदभावमा आधारित भएको र सामूहिक रुपमा आक्रमण गरेर सामूहिक हत्या गरिएको निष्कर्ष निकालिएको छ।

अन्तरजातीय बिहेको विवादमा गत जेठ १० गते रुकुमको चौरजहारीमा ६ जनाको हत्या भएको थियो । जाजरकोटको भेरी नगरपालिका–४ का नवराज विक आफ्ना साथीहरुसहित चौरजहारी नगरपालिका–८ सोती गाउँकी मल्ल थरकी युवतीलाई बिहे गरेर ल्याउन भनी गएका थिए ।

तर युवती पक्षको आक्रमणबाट नवराजसहित ६ जनाको मृत्यु भएको थियो । समितिले दोषीहरुलाई प्रचलित कानुनबमोजिम हदैसम्म कारवाही गर्नसमेत सुझाव दिएको छ ।

सो घटनाको छानविन गर्न २६ जेठको प्रतिनिधि सभा बैठकबाट देवेन्द्र पौडेल नेतृत्वमा नौ सदस्यीय संसदीय विशेष छानबिन समिति गठन गरिएको थियो । समितिले मंगलबार अपराह्न सभामुख अग्नि सापकोटालाई छानबिन प्रतिवेदन बुझाउँदै छ ।

चौरजहाजरी नगरपालिका–८ का वडाध्यक्ष डम्बरबहादुर मल्ल, युवती, उनकी आमा–बुवा, दाजुसहित ३४ जनालाई प्रतिवादी बनाएर अदालतमा मुद्दा दर्ता भएको छ । सबैलाई आजीवन कैद गर्न माग गरिएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »