सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

”च्यानला फुर्ती” म्यूजिक भिडियाे जीतु लाेप्चन अफिसियल च्यानलबाट सार्वजनिक

काठमाडौँ । गायिका जितु लोप्चनले व्यवसायिकरुमा गीत संगीतको क्षेत्रमा स्थापित हुनका लागि छुट्टै युटुव च्यानल संचालनमा ल्याएको छ । जितु लोप्चन अफिसियल नामबाट संचालनमा ल्याएको यो युटुब च्यानलमा आधिकारीकरुपमा “च्यानला फुर्ति” म्यूजिक भिडियो सार्वजनिक गरि गायिका जितु लोप्चनले व्यवसायिकरुमा युटुब च्यानल संचालनमा ल्याएको घोषणा गरेको छ ।

कलाकारहरुमा युटुब च्यानल खोल्ने होड्बाजी नै चलेको छ भन्दा फरक पर्दैन । तामाङ कलाकारहरुमा पनि यो संस्कृति भित्रिउका छन् । उदाहरणहरु धेरै छन् तापनि गायिका जीतु लोप्चन गीत संगीतको क्षेत्रमा राम्रो भविष्य बोकेर उदायमान भएकी गायिका हुन् । गायिका जीतु लोप्चनले ल्याएको अफिसिय युटुब च्यानलमा करिब १२ वटा भिडियोहरु हेर्न सकिन्छ । आधिकारीकरुमा भने “च्यानला फुर्ति” म्यूजिक भिडियो सार्वजनिक भएपछि मात्र घोषणा गरेको हो । यो म्यूजिक भिडियोमा गायिका जीतु लोप्चन कै आवाज रहेका छन् भने गायिका लोप्चन आफैले अभिनय पनि गरेका छन् । उनलाई युनिक दोङ र विशाल काल्तनले साथ दिएका छन् ।

व्यवसायिकरुमा गायिका जीतु लोप्चनले सयौं गीतहरुमा आवाज भरिसकेका छन् तर उनको अफिसियल युटुब च्यानलमा भने यो नै पहिलो म्यूजिक भिडियो हो ।

गायक विशाल काल्तनको शब्द संगीत र गायिका जीतु लोप्चन र गायक युनिक दोङको सुमधुर आवाज सन्न पाइन्छन् ।

जिग्मे मिडियो प्रोडक्सनमा निर्माण गरिएको यो म्यूजिक भिडियोमा चाँद सिं को एरेन्ज रहेको छ ।

“च्यानला कोला” गीत सामाजिक संजाल टिकटकमा अत्याधिक भैइराल भएको भाका हो । गायिका जीतु लोप्चनलाई माया गर्ने दर्शकहरु धेरै छन् । कला र गलाको धनी गायिका लोप्चनका लागि यो च्यानल भविष्यमा साहाराको रुपमा स्थापीत हुने छन् ।

भर्खरै

सम्बन्धित खबर

Language »