सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

छहारी भवनको वडा अध्यक्षद्धारा अवलोकन

नेपालगञ्ज ,निर्माणाधिन द्धन्द्ध पीडीत तथा एकल महिला सञ्जाल बाँकेको भवनको आज वडा अध्यक्षहरुले स्थलगत अवलोकन गरेका छन् ।

नेपालगञ्ज– ९ स्थित २ कठ्ठा क्षेत्रफलमा निर्माण भइरहेको ३ तले भवनको पहिलो तलाको केही दिनमै ढलान हुँदैछ ।

सञ्जालको अथक प्रयासपछि उपमहानगरपालिकाको सहयोगमा प्राप्त जग्गामा गत वर्ष चैत्रबाट अत्याधुनिक ‘छहारी भवन‘ निर्माण भइरहेको छ ।

नेपालगञ्ज उपमहानगरपालिका अन्तर्गत विभिन्न वडाका वडा अध्यक्षहरुले आज ढलानको तयारी भइरहेको भवनको अवलोकन गर्नुका साथै आवश्यक सहयोगको पनि प्रतिवद्धता व्यक्त गरेका छन् ।

वडा न १ का अध्यक्ष प्रमोद धिताल, वडा न २ का अध्यक्ष सुनिल सिंह हमाल, वडा न ७ का अध्यक्ष जुम्मन खान, वडा न १० का अध्यक्ष विन्दु भुषण बस्नेत, वडा न ११ का अध्यक्ष उज्वलसिंह राठौर, वडा न १३ का अध्यक्ष विरेन्द्र शाह, वडा न १४ का अध्यक्ष ओमकार नाथ मिश्रा, वडा न ९ का सदस्य रमेश तिमील्सेनाले भवनको अवलोकन गर्नु भएको हो ।

वडाध्यक्षहरुले कोरोना संक्रमणको कारण वजेटमा कमी भएपनि सहयोगको सक्दो प्रयास जारी रहने प्रतिवद्धता व्यक्त गरेका छन् ।

अन्य क्षेत्रबाट पनि सहयोग जुटाउन उहाँहरुको सुझाव थियो । छहारी भवनमा कार्यालय, मनोविमर्श कक्ष, संग्रहालय, आश्रय कक्ष, प्रशिक्षण कक्ष, भान्सा घर लगायत निर्माण गरिने द्धन्द्ध पीडीत तथा एकल महिला सञ्जालका केन्द्रीय उपाध्यक्ष तथा जिल्ला संस्थापक अध्यक्ष शोभा वीसीले जानकारी दिनु भयो ।

द्धन्द्ध पीडीत तथा एकल महिला सञ्जाल जिल्ला अध्यक्ष जयन्ती केसीले भवनको एक हप्ता भित्रै ढलान गरिने जानकारी दिदै सबैको साथ र सहयोगको आह्वान गर्नु भयो ।

भर्खरै

सम्बन्धित खबर

Language »