सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

छाउगोठ भत्काउन गएका प्रहरीलाई भैंसी बाँध्‍ने किलाले प्रहार

अछाम । अछाममा छाउगोठ भत्काउने अभियानमा संलग्न प्रहरीमाथि कुटपिट भएको छ । बान्नीगढी जयगढ गाउँपालिका ३ धारासैनमा छाउगोठ भत्काउने अभियानमा संलग्न प्रहरी चौकी जयगढमा कार्यरत प्रहरी हवल्दार धनबहादुर कैलामाथि कुटपिट भएको प्रहरीले जनाएको छ।

धारासैनकी अन्दाजी ५४ वर्षीया धना साउँदले प्रहरी हवल्दार कैलामाथि भैंसी बाँध्ने किला प्रहार गरेको प्रहरीले जनाएको छ । गोठ भत्काउने पूर्व जानकारी नभएको र एक्‍कासी आएर गोठ भत्काउन थालेपछि साउदले कैलामाथि भैंसी बाँध्ने किला प्रहार गरेको स्थानीयले बताए ।

हवल्दार कैलाको मेरुदण्डमा निलडाम हुनेगरी चोट लागेको बताइएको छ।साउँदलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी नायब उपरीक्षक दिपक भारतीले बताए ।

उनले भने, ‘ महिलालाई नियन्त्रणमा लिएका छौं, छाउगोठ भत्काउने अभियानमा अवरोध गर्ने जो कोहीलाई पनि कानुन दायरामा ल्याइनेछ ।’

प्रहरीले पुष ९ देखि यहि माघ १७ गतेसम्म ४ हजार ५ सय ८७ छाउगोठ भत्काएको छ। जिल्लामा ३२ हजार भन्दा बढी छाउ गोठ रहेका छन्।

भर्खरै

सम्बन्धित खबर

Language »