सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

‘छानबिन’मा तानिएका न्यायाधीशलाई प्रतिवेदन सार्वजनिक नहुदै गुपचुप सरुवा

काठमाडौं / ९ असार

‘भ्रष्टाचार’को अभियोगमा छानबिनमा परेका तत्कालिन काठमाडौं जिल्ला अदालतका न्यायाधीश अर्जुन कोइरालालाई सुटुक्क सुनसरी जिल्ला अदालत सरुवा गरिएको छ।

अख्तियारले छानबिन गर्न न्याय परिषदलाई लिखित पत्र काटेपछि कोइरालाई जिल्ला अदालतबाट हटाएर परिषद सचिवालयमा काजमा राखिएको थियो।

त्यस लगत्तै परिषद्ले उनीमाथि छानबिन गर्न सर्वोच्च आदालतका न्यायाधीश तेजबहादुर केसीको नेतृत्वमा एक समिति गठन गरेको थियो। छानबिनको प्रतिवेदन सार्वजनिक नगर्दै उनलाई काममा खटाइएको हो।

छानबिन समितिले प्रतिवेदन परिषदलाई प्रतिवेदन बुझाएपनि त्यसबारे औपचारिक निर्णय भएको छैन। तर उनलाई परिषद्ले गुपचुपमै सुनसरी जिल्ला अदालत सरुवा गरेको छ।

उनी गत फागुन पहिलो हप्तातिर नै सुनसरी जिल्ला अदालत काजमा सरुवा भएको न्याय परिषद्का प्रवक्ता मानबहादुर कार्कीले जानकारी दिए। त्यसयता अहिलेसम्म न्याय परिषद्को बैठक बस्न सकेको छैन। परिषद्को बैठक नबसेपछि उनीमाथिको छानबिन समितिको प्रतिवेदन अझैसम्म थाती छ।

सरकारी जग्गा व्यक्तिका नाममा दर्ता गराएको बिषयमा उनि बिबादमा तानिएका थिए । त्यसपछिउनि लगायत मालपोत अधिकृत शिवप्रसाद रिमाल, नासु हरिप्रसाद आचार्य, नक्कली मोही मीनाकुमारी थापा, हाउजिङका सञ्चालक रामकुमार सुयल, दीपेन्द्रविक्रम शाह, अधिवक्ताद्वय बाबुराम रेग्मी र योगेन्द्र पोखरेलविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको थियो

भर्खरै

सम्बन्धित खबर

Language »