सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

“छामेला हेराइ ज्यानमारा”को मोडल पुर्णिमा थोकर हस्पिटलमा

काठमाडौ । तामाङ समुदायका महानायक अमिर दोङ अभिनित तामाङ रोमान्टिक गीत “छामेला हेराइ ज्यानमारा”को मोडल पुर्णिमा थोकर ब्रेन हेमरेजको समस्याले यक्ति बेला शिक्षण अस्पताल महाराजगंजमा उपचार गरिरहेको छ ।

आईतवार ‘डम्फु मिडिया’ मार्फत सार्वजनिक भएको “छामेला हेराइ ज्यानमारा” म्युजिक भिडियोमा तामाङ समुदायको महानायक अमिर दोङसँग मोडल पुर्णिमा थोकर कामुक अभिनय गरेको छ। तामाङ गीत संगीतको बजारमा कामुक मोडलको नामले नै परिचय कमाउन सफल मोडल पुर्णिमा थोकर समुदायले अपेक्षा गरेको कलाकार हुन् ।

आईतवार जोरपाटी स्थित द शेनोर हाउसमा पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिएको उक्त गीतको भिडियोमा महानायक अमिर दोङसँग पुर्णिमा थोकर र सञ्जिव गोलेसँग रस्मिला तामाङ कामु मोडलकोरुपमा प्रस्तुत भएको देखिन्छ । पछिल्ला समय तामाङ गीतसंगीतको बजारमा फरक फरक धारका गीत तथा भिडियोहरु सार्वजनिक हुँदै आएका छन् । यसै क्रममा डम्फु मिडियाको व्यानरमा निर्माण भएको ‘छामेला हेराइ ज्यानमारा’ गीतसंगीतको आकशमा फरक स्वाद दिन सक्ने म्युजिक भिडियो भएको दाबी निर्माण कर्ताले दाबी गरेको छ । बिलकुलै मनोरञ्जनको दृश्टिकोणले मात्र निर्माण गरिएका भिडियोहरुले भने बेलाबेलामा व्यवसायीक रुपमा स्थान पाउने गर्दछन् । यद्यपि यस गीतको भिडियोले सो स्थान पाउला या नपाउला भन्ने कुरा भने दर्शक दिर्घमा नै भर पर्नेछ ।

आफैमा एक कुशल गायकको रुपमा चिनिएको कोशिस थोकरको शब्द संगीतमा बनेको यस गीतमा कुमार तामाङ र जितु लोप्चानको स्वर रहेको छ । गीतको मिक्सिङ र एरेन्जको पाटो भने गायक तथा संगीतकार सानुबाबु घिसिङको रहेको छ ।

भिडियो महानायक अमिर दोङ आफ्नै निर्देशन रहेको छ भने कोरियोग्राफरमा कृष्ण ब्लोन रहेको छ । भिडियोको छायांकन तथा रंग सम्पादन बज्र ङ्यासुरको रहेको छ । भिडियोको दृश्य सम्पदान भने राजु तामाङले गरेका हुन् ।

यस गीतमा अभिनय गरेका मोडल पुर्णिमा थोकर भने यत्ति बेला अस्वस्थताका कारण काठमाडौ स्थित नेपाल शिक्षण अस्पतालमा उपचारको क्रममा रहेको छ ।

नोटः मोडल पुर्णिमा थोकरको स्वास्थ्य लाभको कामना गर्दै सबैले यो भिडियो सेयर गर्नका लागि विशेष अनुरोध छ ।

भर्खरै

सम्बन्धित खबर

Language »