सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

छाेरी माेडल, बाबा प्रमुख अतिथि, “एन सेलला कि एन टि सि ला सिम”

काठमाडाैँ । यदि तपाइले कसैकाे नम्बर माेबाइलमा डाइल गर्नु हुन्छ भने कुन सिमकाे नम्बर रहेछ हेरेर मात्र डायल गर्नु हुन्छ । हाे नेपालमा नाम चलेकाे “एन सेलला र एन टि सि कम्पनीकाे नामलाइ जाेडेर तामाङ म्यूजिक भिडियाे सार्वजनिक भएकाे छ ।

याे “एन सेलला कि एन टि सि ला सिम” म्यूजिक भिडियाेकाे पत्रकार सम्मेलन गरी घाेन्बो म्यूजिक प्रोडक्सनबाट सार्वजनिक गरेकाे हाे ।

गायिका जितु लोप्चन र गायक कर्मध्वज लामाको स्वरमा रेकर्ड गरिएको यो “एन सेलला कि एन टि सि ला सिम” म्यूजिक भिडियोको शब्द संगीत सुशील तामाङको रहेको छ । बनेपामा आयोजित पत्रकार सम्मेलनमा प्रमुख अतिथि अर्जुन लामाले केक काटेर विधिगतरुपमा घोन्बो म्यूजिक प्रोडक्सन हाउसको युटुव च्यान संचालनमा आएको घोषणा गरेको थियो भने आज नै यो युटुव च्यानलबाट “एन सेलला कि एन टि सि ला सिम”म्यूजिक भिडियो सार्वजनि गरेको हो ।

स्वयम्भु आसपासमा छायाङ्कन गरेको यो म्यूजिक भिडियोमा निर्देशक सुरेश लामाले पृथक तरिकाले साेचेर निर्देशन गरेकाे भए सायद याे भिडियाेकाे खुलेर प्रशंस गर्ने ठाउँ रहने थियाे कि ? केहि कमीकमजोर देखिएता पनि शब्द अनुसारको दृश्य सम्पादन भएन कि भन्ने अनुमान म्यूजिक भिडियो हेरेपछि जो कोहिले पनि मुल्याङ्कन गर्न सकिने छन् ।


यो म्यूजिक भिडियोमा मोडल याङ्खी दोङ, कुसुम मगर, हिरालाल जिकझ्याक,कर्मध्वाज लामाको अभिनय रहेको छ । मोडल याङ्गी दोङको अभिनयमा कुनै खोट लगाउने ठाउँ नभएता पनि कुसुम लामाले भने अभिनयमा थप मेहिनित गर्नु पर्ने देखिन्छन् ।

यो म्यूजिक भिडियोमा प्राविधिकरुपमा पनि कमिकमजोर रहेको पाइन्छन् । यो कमजोरलाई आत्मसाथ गरेर अगाडी बढेमा सफलताको शिखरमा पुग्न खासै गाह्रो भने देखिदैन ।

कार्यक्रममा तामाङ समुदायको ¥यापर गायक उत्तर संगुल लामा, झिगँु लिनुभा बहुउदेश्यीय सहकारी संस्था लिमिटेट प्रालिका प्रबन्धक निर्देशक सलाम सिं लामा, मिसन समृद्घ नेपालको महासचिव तथा पत्रकार मिलन लामा दोङ, गायिका जितु लोप्चन, लगाएतका व्यक्तिहरु विशेष अतिथिको रुपमा रहेका थिए ।

ठट्याउलाेकाे रुपमा युवा युवतीहरु विच प्रयोग हुने शब्दलाई लिएर गीतमा रुपान्तरण गरेको शब्द रचनाकार सुशील तामाङले सरकारी एन टि सि र एन सेल सिम विचको अन्तर देखाउन खोजिएको देखिन्छ । हुन त यो गीतबाट यूवाहरुले के सिक्ने भन्ने प्रश्न पनि उठन सकिन्छ ? तर यो गीत हेरेर मुल्याङ्कन गर्न सकिने छन् ।

रोचक विषय चाहि के देखियो भने छोरी मोडल खेलिएको म्यूजिक भिडियो सार्वजनिक गर्ने प्रमुख अतिथि बुबा भएको छ । हुन त यो संयोग मात्रै भनौ या मोडल कुसुम मगरको लागि सुखद दिनको शुरुवात पनि भनौं । त्यो भोलिको दिनमा देखिने परिणामबाट मात्र भन्न सकिने छन् ।

भर्खरै

सम्बन्धित खबर

Language »