सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

”छेवार”तामाङ समुदायले खाेजेकाे म्युजिक भिडियाे,

काठमाडौँ । संघीय सांसद कृष्ण बहादुर राईको प्रमुख आतित्थ्यतामा गायक सुभास तामाङ मोक्तानको ”छेवार” गीतकाे म्यूजिक भिडियाे सार्वजनिक भएको छ । बौद्धको छिमेकी क्याफेमा भएको पत्रकार सम्मेलनमा तामाङ समुदायका चिरपरिचित कलाकार तथा व्यक्तिहरुको उपस्थिति रहेको थिए ।

गायक सुभास मोक्तान र गायिका शशिकला मोक्तानको सुमधुर आवाज रहेको तामाङ सेलो “छेवार”गीतको म्यूजिक भिडियो सार्वजनिक कार्यक्रममा वरिष्ठ संगीतकार तथा गायक चन्द्र कुमार दोङ, गायिका इन्दिरा गोले, नेपाल तामाङ कलाकार संघको अध्यक्ष तथा गायक सन्जिव वाइवा, फापरे गीतका गायक प्रेम लोप्चन, नेपाल तामाङ कलाकार संघको वरिष्ठ उपाध्यक्ष विश्व दोङ, नेपाल तामाङ अन्तरर्राष्ट्रिय परिषदका वरिष्ठ महिला उपाध्यक्ष अस्मिता वाइवा, नेपाल तामाङ कलाकार संघको महासचिव विशाल काल्तेन लगाएत तामाङ समुदायको चिरपरिचित कलाकारहरुको उपस्थिति रहेको थियो ।

छेवार” तामाङ समुदायको सस्कृति बोकेको महत्वपुर्ण शब्द हो । यो शब्द आफैमा महत्वपुर्ण रहेको हुनाले तामाङ समुदायले यो म्यूजिक भिडियोलाई माया गर्नेमा कुनै दुईमत छैन ।

सम्पुर्ण पत्रकारहरुको समन्वयन गरेको सारा खबर अनलाइनको पत्रकार तथा हाम्रो मिसन समृद्ध नेपालका महासचिव मिलन कुमार लामाले साँच्चिकै तामाङ समुदायले खोजेको र तामाङ समुदायको सस्कृतिको नेतृत्व गरेको गीत भएको दाबी गरेको छ ।

डम्फु” तामाङ सस्कृतिको पहिचान हो । यो सेलो तामाङ म्यूजिक भिडियोमा डम्फुको महत्वलाई पनि दर्शाएको छ । वास्तवमा गायक सुभास मोक्तान र गायिका शशिकला मोक्तानले अहिले सम्मको सबै भन्दा उत्कृष्ठ म्यूजिक भिडियो सार्वजनिक गरेको छ भन्दा फरक नपर्ला ।

नेपाल तामाङ कलाकार संघको अध्यक्ष सन्जिव वाइवाले म्यूजिक भिडियोको प्रशंसा गर्दै भन्नु भयो । “आज सार्वजनिक भएको म्यूजिक भिडियोले तामाङ समुदायको शिर उठाउने काम गरेको छ । डम्फु अनि टुङनालाई साजिक रुपमा स्थापित गराउन पनि महत्वपुण भुमिका खेलेको देखिन्छ । यो टिमलाई सफलताको शुभकामना । ”

यसैगरी फापरे गीतका गायक प्रेम लोप्चनले मन छुने र सबैले मन पराउने म्युजिक भिडियो निर्माण गरको दाबी गर्नु भयो ।


“मैले खेजेको, मैले चाहेको अनि मैले तामाङ भएको अनुभुति भएको म्युजिक भिडियो निर्माण भएको रहेछ । हामी तामाङ समुदायको छाती आज फराकिलो भएको छ ।” खुशी ब्यक्त गर्दै गायक तथा वरिष्ठ संगीतकार चन्द्र कुमार दोङले सफलताको शुभकामना दिनु भयो ।
हुन त यो गीतमा कति जना कलाकारले अभिनय गरेको छ भन्नलाई यकिनका साथ भन्न सकिदैन । तामाङ समुदायमा नाम कमाउन सफल सम्पुर्ण कलाकारहरुले यो म्युजिक भिडियोमा अभिनय गरेका छन् ।

कार्यक्रममा प्रमुख अतिथि तथा संघीय सांसद कृष्ण बहादुर राईले अन्य जातजातिको ठाउँ अनुसार भाषा, सस्कृति फरक फरक पाएकोमा तामाङ समुदायको जहाँ गएपनि एउटै पाएकोमा गर्भ महसुस भएको बताउनु भयो । उहाँले गीतको सफलता अनि गायक सुभास तामाङको चर्चा गर्दै भन्नु भयो । “ म पनि तामाङ समुदायको भान्जो हो । मेरो आमा पनि तामाङ हो । ”उहाँले छाति फराकिलो पार्दै सबैको सामु स्व घोषणा गर्नुभयो ।

यो म्युजिक भिडियोलाई नाम्दु मिडियाबाट सार्वजनिक गरको छ । गायक सुभास तामाङले सबैले माया गरेर च्यानलाई सभ्स्क्राईभ, सेयर, कमेन्ट् अनि सल्लाह, सुझाव दिन पनि अनुरोध गरेको छ भने अब युटुब च्यानलको दुनियामा थप एक च्यानल पनि थपिएको छ ।

अन्य म्युजिक भिडियो सार्वजनिक कार्यक्रमहरु भन्दा यो अलि पृथ र भव्य पनि थियो । धेरै सामाजिक प्रतिष्ठा बोकेका व्यक्तिहरुको पनि उपस्थिति रहेका थिए । यो पत्रकार सम्मेलनलाई व्यवस्थित ढंगले हाम्रो मिसन समृद्ध नेपालको अध्यक्ष तथा तेमाल अनलाइनको कार्यकारी सम्पादक सुदिन लामाले संचालन गरेको हो ।

अन्तमा गायिका शशिकला मोक्तानले उपस्थित सम्पुर्णलाई स्वागत गर्दै भन्नु भयो । “मलाई र मेरो सम्पुर्ण टिमलाई माया गरेर पाल्नु भयो । गीत सुनेर, म्युजिक भिडियो हेरे लाईक कमेन्ट अनि सेयर गर्न नभुल्नु होला । मेरो सबैलाई हृदय देखि नमस्कार । ”

भर्खरै

सम्बन्धित खबर

Language »