सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

जग्गा विवादकै कारण रोकिएको हो त गुम्बा निर्माण कार्य निजगढ बुङ्जोरमा ?

मिलन लामा दाेङ / डि. भी पराजुली

बारा । निजगढ नगरपालिका वडा नं. १२ बुङ्जोरमा “सङ्घ राब्तेन लिङ बौद्ध गुम्बा” विवादको कारणले करिब दुई वर्ष देखि निर्माण हुन सकिरहेको छैन ।

गुम्बा निर्माण समितिका अध्यक्ष विर बहादुर थिङका अनुसार सम्पुर्ण वडावासीहरुको सहमतीमा निर्माण हुन लागेको गुम्बा केही व्यक्तिको स्वार्थका कारणले निर्माण हुन नसकेको बताएका छन् ।

२०७५ साल मंसिर २१ गते गाउँका समाजसेवी, सम्पूर्ण गाउँबासीहरुको संयुक्त बृहत भेलाले सोही वडामा भोगचलन गर्दै आईरहेको पुर्ण बहादुर स्याङ्तानको कित्ता नं १०९ को करीब ५ कट्ठा जग्गामा बौद्ध धर्मावलम्बीहरुको धार्मिक स्थल बौद्ध गुम्बा बनाउने निर्णय गरेका थिए।

सोही भेलाले गुम्बा निर्माण कार्यका लागि वडा र नगरपालिकाबाट स्वीकृति लिने निर्णय अनुसार त्यस स्थानमा गुम्बा निर्माणको कार्य थालनी गरेका थिए ।

स्थानीय बुद्धिजीवी तथा साबिक बुङजोर ५ का वडाध्यक्ष बेद बहादुर थिङ, हरि बहादुर स्याङ्तान, निर बहादुर थिङको अग्रभूमिकामा गुम्बा निर्माणका लागि विशेष पहल भएको थियो र मंसिर २५ गतेको पहिलो भेलामा उहाँहरु विशेष सल्लाहकार रहने गरी करिब ८१ जनाको उपस्थितिमा विर बहादुर थिङको अध्यक्षतामा ७ सदस्यीय गुम्बा निर्माण समिति गठन गरेको थियो ।

करिब एक वर्षको अन्तरालमा पुर्ण बहादुर स्याङ्तानले दान गरि दिएको जग्गामा गुम्बा निर्माणका लागि जग्गा सम्याउने र जग खन्ने कार्य अगाडि बढी सकिसकेको देखिएको छ । यसरी “सङ्घ राब्तेन लिङ बौद्ध गुम्बा” निर्माण कार्य तिब्र गतिमा अगाडी बढेको थियो । गाउँलेको माग अनुसार नै निजगढ नगरपालिकाले ०७६/०७७ को आर्थिक बजेटबाट रु.५ लाख बजे छुट्टाएको कागज पत्र पनि सारा खबरलाई प्राप्त भएको छ । तर गुम्बा निर्माणका लागि पहल गरेका प्रमुख सल्लाहकार तथा पूर्व साविक गाविसको वडाध्यक्ष बेद बहादुर थिङले उक्त स्थानमा “सङ्घ राब्तेन लिङ बौद्ध गुम्बा” निर्माणको सट्टा बोदिसत्व धर्मको (मैत्री मंगलम्) गुम्बा निर्माण गर्ने भनेर भाँजो थप्ने कार्य शुरु भएपछि गुम्बा निर्माण कार्य विवाद शुरु भएको देखिन्छ ।

२०५५ सालमा सुकुम्बासी समस्या समाधान आयोग बारा जिल्लाले अव्यवस्थित बसोबासी प्रयोजनका लागि मात्र उपलब्ध गराएको जग्गाधनी दर्ता प्रमाण वितरण गर्ने क्रममा पूर्ण बहादुर स्याङ्तानलाई एकलौटी स्वामित्वमा रहने गरी प्रदान गरिएको जग्गामा गुम्बा निर्माण गर्न खोजिएको देखिए पनि गुम्बा निर्माण कार्य अगाडि बढेपछि नियोजित तरिकाले पूर्ण बहादुर स्याङ्तानको दाजु मानबादुर स्याङ्तानको नाति विरमान स्याङ्तानले अंश दाबी गर्न आए पछि निर्माण कार्य अवरुद्ध भएको देखिएको छ ।

अंश दाबी गर्न आएको विरमान स्याङ्तानको बाजे मान बहादुर सस्याङतान श्रीमती सुकुमाया स्याङ्तानसँगै मकवानपुरको बकैया भन्ने स्थानमा २०४८/०४९ सालमा बसाईँ सरि गएको स्थानीयहरुको दाबी रहेका छ। हाल पनि विरमान सस्याङ्तान र मान बहादुर स्याङ्तानको सपरिवार मकवानपुरको बकैयामा नै बस्दै आएको पुष्टि भएको छ ।

यसरी सुकुम्बासी आयोगले प्रदान गरेको जग्गामा पुर्जावाला भन्दा बाहिरको हकवाला हुन नसक्ने देखिएको हुनाले वडा र नगरपालिकाले बजेट विनियोजन गरेको वडाध्यक्ष ज्ञान बहादुर गोलेले सारा खबरको प्रतिनिधिलाई जानकारी गराएका छन् । प्रस्ट रुपमा सुकुम्वासी समस्या समाधान आयोगले दिएको पुर्जामा पूर्ण बहादुर स्याङ्तानको एकलौटी स्वामित्वमा जग्गा रहेको हुनाले मान बहादुर स्याङ्तानको नाति विरमान स्याङतनले अंश दाबी गर्नका लागि कुनै प्रमाण नपुगेको वडाध्यक्षको दाबी रहेको छ ।

वडाध्यक्ष ज्ञान बहादुर गोलेको अनुसार पटक पटकको छलफलमा प्रमाण पुर्याएर मात्र माग दाबी गर्न आएमा गुम्बा निर्माण कार्य रोकिने जवाफ दिएपछि र नगरको न्यायिक समितिमा पनि छलफल गर्दा माग दाबीको प्रमाण नपुगेको हुनाले मान बहादुर स्याङ्तानको नाति विरमान स्याङ्तानले पेश गरेको निवेदन स्वीकृत नभएको वडाध्यक्ष गोलेले स्वीकारेका छन् ।

वडा र न्यायिक समितिमा मुद्धा दर्ता गर्न नमानेपछि संवाद र छलफल द्वारा समस्याको समाधान गर्नुको सट्टा मुद्धा अदालतमा दर्ता गर्नुले पनि यो विवाद जग्गाको मात्र नभई त्यस ठाउँमा बन्न लागेको बौद्ध गुम्बामा लक्षित रहेको गुम्बा निर्माण समितिका अध्यक्ष बिर बहादुर थिङले सारा खबरलाई बताएका छन् ।

गुम्बा निर्माणका लागि दान दिएको जग्गामा कागजी रुपमा एकलौटी रुपमा पुर्ण बहादुर स्याङातानको नै देखिएको हुनाले आर्थिक वर्ष ०७७/०७८ को नगर परिषद्को सभाबाट १० लाख बजेट बिनियोजन गरिएको बुझिएको छ । यसरी वडा र नगरपालिकाले वडाको सामाजिक, साँस्कृतिक, आर्थिक पक्ष र धार्मिक संस्कृतिको प्रबर्द्धनका लागि छुट्टाएको बजेट कार्यन्वयन गर्न नदिन विकास विरोधी व्यक्तिहरु सलबलाएको स्पष्ट देखिन्छन् ।

अब गुम्बा निर्माणको लागि हलो कस्ले अड्काएको छ ? सारा खबरको दोस्रो श्रृङखला भिडियो सहित हेर्न प्रतिक्षा गर्नु होला । गुम्बा निर्माण अवरुद्ध हुनुको कारण जग्गा विवाद मात्रै हो र ?

बाँकी अर्को अंशमा

भर्खरै

सम्बन्धित खबर

Language »