सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

जटिल परिस्थितिलाइ मध्यनजर गर्दै नेपालगन्जका घरबेटी – बस्नेतले गरे घरभाडा छुट

नेपालगन्ज , विश्वभर महामारी निम्त्याएको कोरोना भाइरस (कोभिड १९) का कारण उत्पन्न विषम परिस्थितिले मुलुकका अधिकांश व्यापार व्यवसायीमा ठुलो धक्का लागेको छ ।

होटल तथा सिलाई व्यवसायीमा त कोरोनाले सबैभन्दा आक्रान्त पारेको छ । सम्पूर्ण व्यापार तथा दैनिक जनजीवनमा नै जटिलता थपिइरहेका बेला कतिपय मनकारी व्यक्तिहरूले भने आफुसक्दो सहयोग पनि गर्दै आएका छन् ।

यही जटिल परिस्थितिलाइ मध्यनजर गर्दै बाँके जिल्लाका उपमाहनगरपालिका वडा न ४ नेपालगंज बसपार्क बाईपास स्थित होटल तथा असद टेलर्स ऐण्ड सिलाई काटाई ट्रेनिंग सेन्टर मा रहेको भाडामा गुल्मेली रेष्टुरेन्ट होटल घरधनि तथा समाजसेवी नेत्र बहादुर बस्नेतले झन्डै चैत्र देखी महामारी समस्या समाधान नहुने सम्म घरभाडा छुट गरेका छन् ।

भाडामा दिइएको होटल तथा सिलाई व्यवसायी को कारोबार ठप्प भइरहेको अवस्थामा बस्नेतले ठुलो मात्रामा भाडा छुट गरेर समाजमा उदाहरणीय कार्य गरेका छन् ।

‘यसरी महिनाको भाडा छुटका साथै महामारी समस्या समाधान नहुने सम्मा दिएर हामी जस्ता आफ्नै देशमा केही गर्नु पर्छ भन्ने युवाहरूलाई थप हौसला र प्रेरणा प्रदान गरेको’ सञ्चालक मध्येका एक नेपाल कपडा तथा सिलाई व्यवसायी संघ जिल्ला बाँकेको जिल्ला सचिव मो मोहसिन हलवाईले बताएका छ्न ।

उनले बस्नेतले अन्य समयमा पनि दिन दुखिहरूलाई सहयोग गर्दै आएको बताए। दुखको बेला समस्या बुझेको हुनाले आज घरधनी नेत्रबहादुर बस्नेतलाई हार्दिक धन्यवाद सहित सम्मान गरेको बताएका छन् ।

भर्खरै

सम्बन्धित खबर

Language »