सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

जनकपुरको धर्मशालामा क्वारेन्टाइन स्थापना गरियो

जनकपुरधाम । नगर भित्रै कोरोना संक्रमित भेटिए पछि जनकपुरधाम उप महानगरपालिकाले ढिला भएपनि एक धर्मशालालाई क्वारेन्टाइन बनाएको छ । उप महानगरको सक्रियतामा जनकपुरको रामचोकस्थित गोपाल धर्मशालामा उपमहानगरले ५० वेडको क्वारेन्टाइन स्थापना गरेको हो ।

शुरुको चरणमा ५० वेड सञ्चालनमा ल्याएको उपमहानगरपालिकाकी उप प्रमुख रीता झाले न्यूज २४ लाई जानकारी दिनुभयो । झाका अनुसार अहिले तत्काल ५० बेडको भएपनि आवश्यकता अनुसार बढाउदै लगिने छ ।

क्वारेन्टाइनका लागि चाहिने सवै प्रकारको पूर्वाधारहरु रहेको र सुरक्षित पनि भएकाले क्वारेन्टाइन निर्माण गरेर मंगलबारदेखि सञ्चालनमा ल्याएको उप प्रमुख झाले जानकारी दिनु भयो ।

धर्मशाला तथा परिसरलाई सेनिटाइज गरी प्रत्येक कोठालाई विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्डअनुसार वेडको व्यवस्थापन गरिएको मेयर लालकिशोर साहले बताए।

मेयर साहका अनुसारअनुसार उपमहानगरपालिकाले पहिला सम्पूर्ण धर्मशाला तथा परिसरलाई सेनिटाईज गरेर प्रत्येक रुममा विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्ड अनुसारको वेडको व्यवस्थापन गरिनुका साथै प्रत्येक वेडमा तातो पानीका लागि हिटर सहितको जग, नयाँ पेष्ट, ब्रस, झुल, तन्ना सहितको वेड, खानाका लागि चाउचाउ विष्कुट, कपडा धुने तथा नुहाउने सावुन सहितको सामग्री वेडमा व्यवस्थापन गरिएको छ ।

क्वारेन्टाइनमा फ्रि वाईफाईको व्यवस्था, टावेल, रहेक कोठा अगाडि डष्टविन, वस्नका लागि कुर्सी पनि व्यवस्था गरिएको छ । भारतवाट अहिले औपचारिक मार्ग भएर नेपालीहरु आउने क्रम बढेकाले जनकपुरधाममा क्वारेन्टाइन स्थापना गरिएको छ ।

क्वारेन्टाइनमा बस्नेलाई विहान बेलुकाको खाना, खाजा तथा चियाको व्यवस्था गरिएको पनि गरिने मेयर साहले बताए । यो क्वारेन्टाइनमा योग अभ्यासको पनि व्यवस्था मिलाइने उनले बताए । ‘यसले कोरोना शंकास्पद व्यक्तिको रोग प्रतिरोधात्मक क्षमताको वृद्धि गर्नमा मद्दत पुर्‍याउँछ,’ उनले भने ।

यता नगरको विच भागमा रहेको धर्मशालालाई नै क्वारेन्टाइन बनाउन नहुने स्थानीयको माग छ। धर्मशालालाई क्वारेन्टाइन बनाइएको विषयमा आफूहरुलाई कुनै जानकारी नरहेको स्थानीय बुद्धिजीवी र नागरिक समाजको भनाइ छ ।

यता गोपाल धर्मशाला समितिका अध्यक्ष तथा जनकपुर उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष समेत रहेका निर्मल चौधरीले समेत आफूहरुलाई बिना जानकारी नै क्वारेन्टाइन निर्माण गरिएको सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिनु भएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »