सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

जनकपुरको सडकमा पैसा फाल्दै भाग्ने महिलाको ‘पीसीआर’ रिपोर्ट नेगेटिभ !

जनकपुरधाम । जनकपुरमा पैसा छरेको आरोप लागेको महिलामा कोरोना संक्रमण नभएको पाइएको छ । जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा गरिएको -यापिड डाइग्नोष्टिक टेष्ट ‘आरडीटी’ परीक्षणमा पोजिटिभ आएको तर पीसीआर परीक्षणमा रिपोर्ट नेगेटिभ आएको प्रदेश प्रयोगशालाका निमित निर्देशक रामविनय साहले प्रष्ट पार्नु भएको छ ।

पैसा छरेको आरोपमा पक्राउ परेका दुई जना महिलामध्ये एक जनामा ¥यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) विधिबाट परीक्षण गर्दा कोरोना एन्टीबडी पोजेटिभ देखिएको थियो । यी दुबैलाई प्रहरीले शनिबार जनकपुरधाम वडा नम्बर ७ जानकीनगरबाट नियन्त्रणमा लिई प्रादेशिक अस्पतालमा ¥यापिड टेस्ट गराएको थियो । ¥यापिड टेस्ट पोजेटिभ देखिएपछि उनीहरुलाई अस्पतालको आइसोलेसनमा राखिएको थियो ।

जनकपुरधामस्थित महावीर चोकमा जथाभावी पैसा फाली लुकीछिपी भाग्ने दुई नन्द-भाउजू महिलालाई जिल्ला प्रहरी कार्यालय धनुषाले शनिबार पक्राउ गरी प्रादेशिक अस्पतालमा आरडीटी परीक्षण गरेको थियो । तर आरडीटीमा नन्दचाहिँकाे पोजिटिभ देखिए पनि पीसीआरमा भने नेगेटिभ देखिएको छ ।

शनिबार दुवै दुवै महिलाको आरडीटी चेक गरिएकाे थियाे । जसमध्ये भाउजू पर्नेकाे रिपाेर्ट नेगेटिभ र नन्दचाहिँकाे पाेजेटिभ देखिएकाे थियाे । तर दुवै महिला एक साथ हिँडेको कारण दुवैकाे ‘पीसीआर’ प्रविधिबाट पनि परीक्षण गरियो । र, आज दुवै महिलाको पीसीआर रिपोर्ट निगेटिभ आएको हाे ।

प्रहरीले गरेको अनुसन्धानमा दुबै महिलाले पैसा फालेको विषयमा गलत नियत नदेखिएको पत्ता लागेको छ । उनीहरुले पैसा फालेको नभएर झरेको नै ठहर भएको पनि धनुषा प्रहरीको भनाइ छ । बैंकबाट रकम झिकेर आउँदा पैसा झरेपछि स्थानीयवासीले पैसा फाल्दै हिँडेको खबर प्रहरीमा गरेका थिए ।

तर ती महिलाका प्रयोगशालामा आरटी पीसीआर विधिबाट कोरोना संक्रमण परीक्षण गर्दा कोरोना संक्रमण नभएको पाइएको धनुषाका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले जानकारी दिए । गत शुक्रबार जनकपुरधामको महाबीर चोकमा १० रुपैयाँको १५ वटा नोट छरेर यी दुई महिला फरार भएका थिए ।

यी दुबैलाई प्रहरीले शनिबार जनकपुरधाम वडा नम्बर ७ जानकीनगरबाट नियन्त्रणमा लिई प्रादेशिक अस्पतालमा ¥यापिड टेस्ट गराएको थियो । ¥यापिड टेस्ट पोजेटिभ देखिएपछि उनीहरुलाई अस्पतालको आइसोलेसनमा राखिएको थियो ।

भर्खरै

सम्बन्धित खबर

Language »