सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

जनकपुरमा आइसोलेसनबाट १ जना कोरोना संक्रमित फरार,खोजि कार्य हुदै

जनकपुरधाम। प्रादेशिक अस्पताल जनकपुरधामबाट एक संक्रमित व्यक्ति फरार भएका छन् ।आइतबार बिहानै आइसोलेसन कक्षमा रहेका एक ४० वर्षीय पुरूष फरार भएका हुन् । आइतबार बिहानै आइसोलेसन कक्षमा रहेका एक संक्रमित व्यक्ति भागेको धनुषाका प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए।

कार्कीका अनुसार सर्लाहीका ती ४० वर्षीय संक्रमित व्यक्तिको मानसिक सन्तुलन गुमेको पाइएकाे छ र उनी पटक–पटक भाग्ने प्रयास समेत गर्दै आएका थिए । उनी ढाेका फाेडेरै फरार भएको प्रहरी नायब उपरिक्षक कार्कीले जानकारी दिए ।आइसोलेसन कक्षबाट भागेका संक्रमित सर्लाहीका ४० वर्षिय पुरुष हुन्। उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।

अहिले कोभिड- १९ विशेष अस्पतालको आइसोलेसनमा सर्लाही, महोत्तरी, धनुषा र सिरहाका कोरोना संक्रमित गरी ४० भन्दा बढी व्यक्ति उपचाररत छन् । भएको धनुषाका प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले जनाए ।

अस्पतालका कोभिड-१९ फोकल पर्सन डाक्टर कुलदीप पण्डितका अनुसार भागेका ती व्यक्तिको १४ औं दिनको स्वाब संकलन गर्ने तयारी थियो । यसअघि पनि उनी आइसोलेसनबाट भागेका थिए ।

यसअघि वीरगन्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार गरिरहेका दुई जना कोरोना संक्रमित भागेका थिए। पछि उनीहरूलाई प्रहरीले पक्राउ गरेको थियो।

भर्खरै

सम्बन्धित खबर

Language »