सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

जनकपुरमा बालिकाको शव अर्धनग्न अवस्थामा फेला

जनकपुरधाम उपमहानगरपालिकामा तीन दिनदेखि बेपत्ता एक बालिका मृत अवस्थामा फेला परेकी छन् । जनकपुरधाम–२१ कुर्थाकी ११ वर्षीया बालिकाको शुक्रबार शव भेटिएको हो ।

बालिकाको शव घरभन्दा एक किलोमिटर परको दूधमती नदीमा अर्धनग्न अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले बताए । उनका अनुसार शव पोस्टमार्टमका लागि अस्पताल लगिँदै छ ।

बुधबारदेखि हराएकी बालिकाको बलात्कारपछि हत्या भएको स्थानीयको भनाइ छ । बालिका हराएको सूचना प्रहरीलाई बुधबार नै आएको प्रहरी उपरीक्षक कार्कीले बताए । परिवारका अनुसार बुधबार दिउँसो ११ बजे भैंसी चराउन गएकी कञ्चन बेपत्ता भएकी थिइन्

भर्खरै

सम्बन्धित खबर

Language »