सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

जनकपुरमा सोमबार राती १२ बजेदेखि लागू हुने गरि एक हप्तासम्म निषेधाज्ञा

जनकपुरधाम । प्रदेश नम्बर २ को अस्थायी राजधानी जनकपुरधाममा एक साताका लागि निषेधाज्ञा जारी गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय धनुषाले भोली (सोमबार) रातीदेखि एकसाता सम्मका लागि निषेधाज्ञा जारी गरेको हो । निषेधाज्ञा सोमबार राती १२ बजेदेखि लागू हुनेछ ।

प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जनकपुरधाम उपमहानगर क्षेत्रमा कोरोनाको जोखिम बढ्दै गएकाले कडाई गरिने बताए ।

उनले तोकिएका बाहेक कोहीपनि बाहिर निस्कन नपाउने जानकारी दिए ।

भर्खरै

सम्बन्धित खबर

Language »