सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

जनचेतना आधारभुत विद्यालयलाई लायन्स क्लब कोटेश्वर ग्लोबल भिजनबाट सहयोग उपलब्ध

सिन्धुपाल्चोक । लायन्स क्लब कोटेश्वर ग्लोबल भिजनले चौतारा साँगाचोकगढी नगरपालिका ७, नेपानेमा अवस्थित जनचेतना आधारभुत विद्यालयलाई एक थान कप्युटर प्रिण्टर, स्टेशनरी तथा खेलकुद सामाग्री हस्तान्तरण गरेको छ ।

जनचेतना आधारभुत विद्यालयको ४५औं बार्षिकोत्सवको अवसर पारेर लायन्स क्लब कोटेश्वर ग्लोबल भिजनले विद्यालयलाई सो सामाग्री सहयोग गरेको हो ।त्यस्तै नेपाने युथ क्लबले पनि विद्यालयका सम्पुर्ण विद्यार्थीहरुको लागि विद्यालय झोला एवम् स्टेशनरी सामाग्री प्रदान गरेको नेपाने युथ क्लबका अध्यक्ष रामहरी पराजुलीले बताए ।

बार्षिकोत्सव समारोहमा विद्यालयको भौतिक, शैक्षिक गुणस्तर विकासका लागि आफुले पहल गर्ने चौतारा साँगाचोकगढी—७ का वडाअध्यक्ष उमा प्रसाद दुलालले बताए । सानोसिरुवारीको छेउमा रहेको नेपाने गाउँमा रहेको विद्यालयले गाउँको समग्र विकासमा लाग्नुपर्नेमा दुलालले जोड दिए ।

 त्यस्तै नेपाल चार्टर्ड एकाउन्टेन्ट एसोशियसनका उपाध्यक्ष रमेश धितालले विद्यालयको शैक्षिक विकासको लागि व्यक्तिगत र संस्थागत रुपले सधै सहयोग गर्ने बताए ।

 विद्यार्थीको चौतर्फी हितको लागि सहयोगी हातहरुको पहलमा सहयोग सामाग्री जुटाइएको उनले बताए।पराजुलीका अनुसार चौतारा साँगाचोकगढी नगरपालिका ७ का वडअध्यक्ष उमा प्रसाद दुलालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा विशेष अतिथि नगर शिक्षा समिति सदस्य राजकुमार यादव,लायन्स क्लव ३२५A 2 का डिस्टिक चिफ विष्णु केसी, क्लबका अध्यक्ष शिवलोचन पराजुली, लायन कल्पना केसी,पवन केसी, नेपाने युथ क्लबका सल्लाहकारहरु कृष्णप्रसाद नेपाल,जयराम न्यौपाने, विद्यालय व्यवस्थापन समिति पुर्व अध्यक्षहरु दिपक अर्याल, सिंहबहादुर तमाङ लगाएतको उपस्थिति रहेको थियो ।

 कार्यक्रममा विद्यालयका भु पु बिद्यार्थी एबम नेपाल चार्टर्ड एकाउण्टेंट संघका वरिष्ठ उपाध्यक्ष चार्टर्ड एकाउण्टेन रमेश कुमार धिताललाई पनि सम्मान गरिएको थियो ।

भर्खरै

सम्बन्धित खबर

Language »