सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

जनताको सेवक भएर काम गर्छु – ग्यासुद्दिन खान


नेपालगन्ज, जनता समाजबादी पार्टी नेपालका नेता तथा बाँके क्षेत्र नं ३(क) का प्रदेशसभा सदस्य उम्मेदवार ग्यासुद्दिन खानले आफूले जनतालाई आश्वासनमात्रै नभएर काम गरेर देखाउने बाचा सहित उम्मेदवारी दिएको बताएका छन् । उनले जनतालाई झुक्याउनेलाई नभएर काम गर्ने सक्ने उम्मेदवारहरू छान्न पनि मतदातालाई अपिल गरेका छन् ।

बाँके क्षेत्र नं ३ (क) को चुनावी प्रचार प्रसार क्रममा पार्टी कार्यकर्ता तथा मतदाताहरूलाई सम्बोधन गर्दै उनले जनतालाई झुक्याउने नेतालाई यसपालीको चुनावले नै जवाफ दिने ठोकुवा पनि गरे ।
मैले यहाँ तपाईंहरूलाई गफ दिइरहेको छैन । आश्वासन र सपनाहरू बाँडिरहेको छैन । यसअघि पनि यो क्षेत्रले बिधायक पायो । यो क्षेत्रका जनताले के पाए ? यहाँ के विकास भयो ?’ उनले भने, मा चुनाव लडिरहेको छु । जनताको चौकीदार बन्न राजनीतिमा आएको छु ।
संघीयता को लडाईंमा अग्रणी भूमिका खेलेर परिवर्तनलाई संस्थागत गर्न आफ्नो पार्टीको महत्वपूर्ण भूमिका रहेको भन्दै व्यवस्थालाई उन्नत बनाउन र जनताको अवस्थामा परिवर्तन ल्याउनका लागि पनि एकपटक जसपा पार्टीलाई मौका दिन उनले अपिल गरे । तपाईंहरूको यो विश्वासलाई डगमगाउन दिनेछैन । बांके क्षेत्र नम्बर ३ (क )को विकासको लहर लिएर मतदातासँगै रहने उनले प्रतिवद्दता जनाएका छन ।

भर्खरै

सम्बन्धित खबर

Language »