सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

जनता आवास कार्यक्रम : बाढीपीडित र बिपन्नकाे घर निर्माण गरिँदै-पूर्व सहरी विकास मन्त्री राई


नेपालगञ्ज, जनता आवास कार्यक्रम अन्तर्गत बाँकेमा विपन्न तथा गरिव नागरिकहरुलाई घर निर्माणलाई तीब्रता दिइएको छ ।


बाँके क्षेत्र नम्वर-२ का संघीय सांसद तथा पूर्व सहरी विकास मन्त्री मोहम्मद इस्तियाक राईको संयोजकत्वमा बसेको बैठकले आफ्नो निर्वाचन क्षेत्रमा सुरक्षित नागरिक आवास निर्माण गरिएको हो ।


२०७१ सालमा गएको बाढीका कारण घरबारविहीन भएका नागरिकहरुलाई ८ सय ८० वटा घर निर्माण गरिएको हो ।


त्यसैगरी अति विपन्न तथा गरिव ७ सय ६३ वटा घर निर्माण गरिएको पूर्वमन्त्री राईले बताउनुभयो ।


सोही कार्यक्रम अन्तर्गत डुडुवा गाउँपालिकाको ६ ओटा वडामा ३ सय ९९ र बाढी प्रभावितहरुका लागि ८०२ ओटा र नेपालगंज उपमहानगरपालिकाको १ देखि २३ नम्वर वडामा ३ सय ६४ र बाढी प्रभावितका लागि ७८ ओटा आवास रहेको पूर्वमन्त्री राइले बताउनुभयो ।

भर्खरै

सम्बन्धित खबर

Language »