सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

जनता समाजवादी पार्टी नेपाल (जसपा) बाँके छेत्र नम्बर ३ बाट उम्मेद्वारको नाम सिफारिस

नेपालगञ्ज, जनता समाजवादी पार्टी नेपाल बाँके क्षेत्र नम्बर ३ का अध्यक्ष राजिब बर्माको अध्यक्षता शुर्खेत रोड़ मा रहेको इंद्रेडी होटल मा बैठकबसी प्रतिनिधिसभा र प्रदेशसभाको उम्मेदवारको नाम सिफारिस (जसपा) बांकेले गरेको छ ।

मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि क्षेत्र नम्बर ३ ले (जसपा) बांकेलाई प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य पदका लागि उम्मेदवार सिफारिस गरेको हो ।

क्षेत्र नम्बर ३ का अध्यक्ष राजिब बर्माको अध्यक्षतामां बसेको बैठकले प्रतिनिधिसभा सदस्यका लागि मनोज़ दीक्षित र बलराम यादबलाई सिफारिस गरेको छ ।

यस्तै क्षेत्र नंबर ३ को प्रदेश (क) मा उदैराज यादव, बिष्णु केशी तथा प्रदेश (ख) मा बिजय कुमार पाठक राजेश कुमार बर्मा पर्बिन कुमार बर्माको नाम सिफारिस गरेको जनता समाजवादी पार्टी नेपाल बाँके क्षेत्र नम्बर का उपाअध्यक्ष अब्दुलकरीम इद्रिशिले बताउनुभयो ।

भर्खरै

सम्बन्धित खबर

Language »