सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

जनप्रतिनिधिको सिफारिसमा गुडेका सवारीले यात्रु ओसार बन्द गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौँ। संघ, प्रदेश र स्थानीय तह अन्तर्गतका जनप्रतिनिधिहरुले अलपत्र परेका यात्रुको उद्धारका नाममा लकडाउन उल्लंघन गरेको भन्दै त्यसलाई रोक्न प्रशासनले सोमबारदेखि मानिस ओसारपसारमा बन्देज लगाएको छ ।

प्रहरी र स्थानीय प्रशासनसँग समन्वय नै नगरी जनप्रतिनिधिहरुले आफूखुसी सवारी पठाएर मानिस ओसारपसार गर्न थालेपछि गृह मन्त्रालयले त्यसलाई नियन्त्रण गर्न आइतबार देशभका प्रशासन, प्रहरी, सशस्त्र प्रहरी र सातवटै प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रालयलाई निर्देशन दिएको थियो।

प्रशासनसँग समन्वय नै नगरी शनिबार विराटनगर महानगपालिकाले उपत्यका आउन यात्रु पठाएपछि गृह मन्त्रालयले सोमबार जिल्ला प्रशासन कार्यालय काठमाडौंलाई बिहान विशेष निर्देशन दिँदै थानकोटबाट प्रवेश रोक्न भनेको थियो।

गृह मन्त्रालयले लकडाउन अवधिभर एक जिल्लाबाट अर्को जिल्लामा यात्रु ओसारपसार गर्न पूर्ण रुपमा बन्द गरिएको बताएको छ। गृहले विभिन्न जिल्लामा अलपत्र परेका आफ्नो क्षेत्रका नागरिकको उद्धारका लागि स्थानीय तह र जनप्रतिनिधिको समन्वयमा सञ्चालन भएका सवारी साधन गुडाउन पनि रोक लगाएको हो।

देशभरका जिल्ला प्रशासन कार्यालय, नेपाल प्रहरी, सशस्त्र प्रहरी र सातवटै प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रालयलाई आइतबार परिपत्र गर्दै लकडाउन अवधिभर ‘उद्धारका नाममा’यात्रु ओसारपसार गर्न प्रयोग गरिएका सवारी सञ्चालनमा रोक लगाउन निर्देशन दिइएको थियो।

गृह मन्त्रालयका सहप्रवक्ता उमाकान्त अधिकारीले लकडाउन उल्लंघन हुने सबै किसिमका गतिविधि नियन्त्रण गर्न सुरक्षा निकाय र जिल्ला प्रशासन कार्यालयहरुलाई निर्देशन दिइएको बताए। आइतबारको निर्देशनपछि सोमबारबाट देशभर मानिस ओसारपसार बन्द हुनुका साथै अत्यावश्यक सेवाबाहेकका सवारीलाई पास वितरण पनि बन्द गरिएको अधिकारीले स्पष्ट पारे। बसिरहेका स्थानबाट सुरक्षाकर्मी र प्रशासनको निर्देशन अवज्ञा गरेर निस्किए बाटोमा अलपत्र पर्नसक्ने भन्दै अलपत्र पर्नुभन्दा जो–जहाँ बसेका छन्, त्यही रहदा सर्वसाधारणलाई सहज हुने उनले बताए।

‘कोरोना संक्रमितको संख्या दिनप्रतिदिन बढ्दोक्रममा देखिन्छ, त्यसलाई मध्यनजर गरेर मानिसको आवतजावत नियन्त्रण गर्न कुनैकसरत बाकी नराख्न निर्देशन दिएका थियौं,’अधिकारीले कान्तिपुरसँग भने, ‘उपत्यका प्रवेश गर्न र अन्य स्थानमा पनि एक जिल्लाबाट अर्को जिल्ला जान रोक लगाइएको छ, सोमबार देशभरका प्रशासन र सुरक्षा निकायबाट आएको रिपोर्ट अनुसार पनि मानिस आवतजावत ठप्प भएको छ।’

भर्खरै

सम्बन्धित खबर

Language »