सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

जनप्रतिनिधि भन्छन्ः काेहि भाेकभाेकै बस्नु पर्दैन

काठमाडाैँ महानगरपालिका वडा नं. १६ र २६ का जनप्रतिनिधि तथा सामाजिक संघ संस्थाका अभियान्ताहरू अहिले सामुहिक मेस संचालन गरेर निम्न वर्गकाे छाक टार्ने कार्य गरिरहेका छन् ।

सामुदायिक सेवा केन्द्र र हकिङ नेपालकाे संयुक्त प्रयासमा काठमाडाैँ महानगरपालिका वडा नं.१६ र २६ काे सिमाना पर्ने गणेश मन्दिरकाे प्राङ्गनमा आइतबार २१ गते देखि दैनिक तीनसय भन्दाबढी मजदुरहरूका लागि खाना खुवाउने व्यवस्था गरिएको छ । साे मेसका संयाेजक तथा सामाजिक अभियान्ता जयप्रकाश श्रेष्ठका अनुसार काेही पनि व्यक्ति भाेकै बस्न नपराेस् भन्ने उदेश्यले गणेश मन्दिरकाे प्राङ्गनमा अभियान थालेकाे बताउनु भयाे । उहाँले संवादकाे क्रममा यदि काेहि भाेकै छन्, खानको लागि समस्या छ भने मलाई फाेन गर्न सकिनेछ भनेर सामाजिक संजाल मार्फत व्यक्तिगत माेबाइल नं. नै सार्वजनिक गरेका छन् ।

शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले काठमाडाैँमा संचालित सामुहिक मेसहरूकाे अवलाेकन गरि हिँडिरहेका छन् । उहाँलाइ आइतबार २१ गते साेह्रखुट्टेमा संचालित मेसकाे अनुगमन गर्दै गरेकाे भेटिएकाे थियाे । विभिन्न संघसंस्थाले संचालन गरेकाे मेसहरूकाे अवस्था कस्ताे पाउनु भयाे ? भन्ने प्रश्नमा उहाँ भन्नु हुन्छ “अहिलेसम्म सबै ठाउँमा राम्राे पाएका छौँ । विश्वमा नै अहिलेसम्म नेपाल मात्र एक देश हाे । भाेकमारीकाे कारणले मान्छे मर्नु परेकाे छैन । त्यसकारण लकडाउनकाे कारणले काेहि पनि भाेकै हुनु पर्दैन । यदि घरमा रासन सक्याे, बिहान-बेलुकी छाक टार्न गार्हो भए मलाई फाेन गर्नुस । म समाधान गर्छु ।”

सामुदायिक सेवा केन्द्रका अध्यक्ष राम बहादुर रजकले विभिन्न ठाउँमा संघसंस्थासँग समन्वयन गरि सामुहिक मेसहरू संचालन गरिरहेकाे बताउनुभयाे ।

वडा नं. २६ का वडा सदस्य कान्ता अधिकारीले वडामा हालसम्म करिव बत्तीस सय भन्दा धेरैलाई राहत वितरण गरेकाे जानकारी दिनुभयाे । २१ गते रेडन पुलमा उहाँकै नेतृत्वमा करिव चारसय जनालाई पाँचकिलाे चामल,आधा लिटर तेल लगाएतका सामाग्रीहरू वितरण गरिएको थियाे । उहाँले वास्तविक पीडितहरूलाइ खाेजि खाेजि राहत वितरण गरेकाे पनि बताउनुभयाे ।

भिडियाे हेर्नु हाेला ।

भर्खरै

सम्बन्धित खबर

Language »