सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

जनमत पार्टीको बिभिन्न पदमा रहेका जसगड र सिद्दिकीले दिए पार्टीबाट राजीनामा स्वतन्त्र उम्मेदवारलाई सघाउने प्रतिबद्धता

नेपालगन्ज, जनमत पार्टीका बिभिन्न पद सम्हाल्दै आएका नेता कार्यकर्ताहरुले आफुहरु माथि पार्टीले अन्याय गरेको जनाउदै पदबाट राजीनामा दिएका छन ।

विगत एक दशक देखि निरन्तर पार्टी संग हातेमालो गर्दै आएका संस्थापक बाँके जिल्ला सदस्य सफिक जसगड र चाँदबाबु सिद्दिकीले सोमबार पार्टीबाट राजीनामा दिएका छन ।

मुस्लिम जनमत संघ बाँकेका सचीव समेत रहेका जसगडले १० औं वर्ष देखि डा। सिके राउत र उनको केन्द्रिय टिमले बिभिन्न पार्टी संग साटगाठ गरी आर्थिक आर्जन गर्ने र आफ्नै पुराना सहयोगीहरुलाई धोका दिई टिकट समेत बेच्ने कार्य गरेको आरोप लगाउदै पार्टीबाट राजीनामा दिएको उल्लेख गरेका छन । यस्तै, संस्थापक युवा अध्यक्ष समेत रहेका सिद्दिकीले राजीनामामा उल्लेख गेरका छन, ‘आजैको मितिबाटै स्वतन्त्र उम्मेदवार बाँके क्षेत्र नं। २ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका ईरफान शेष र रुपन्देहीका उम्मेदवार संजय मिश्रालाई समर्थन गर्दछु ।’

यस्तै बिगत ८ वर्ष देखि निरन्तर पार्टी संग हातेमालो गर्दै आएका रुपन्देही युवा जनमत संघका संस्थापक अध्यक्ष मोहम्मद उमर दर्जीले आईतबार आफ्नो पदबाट राजीनामा दिएका छन । उनले खुला रुपमा स्वतन्त्र उम्मेदवारलाई सर्मथन गर्ने सामाजिक सञ्जाल मार्फत जनाएका छन ।

उनले समाधरण सदस्य समेत नरह्ने गरी राजीनामा दिदैँ रुपन्देही क्षेत्र नं। ४ ९ख० स्वतन्त्र उम्मेदवार संजय कुमार मिश्रालाई खुल्ला सर्मथन गर्ने बताएका छन । यति बेला जनमत पार्टीका अध्यक्ष सिके राउत माथि टिकट बेचेको आरोप लागेको छ । उनले आफ्नै पार्टीमा बिगत लामो समय देखि संघर्ष गर्दै आएका ईरफान शेषलाई टिकट नदिएर अन्य पार्टीबाट आएका नेतालाई टिकट दिएका थिए । जस पश्चात शेषले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका थिए । ईरफान शेष बाँके जिल्लाबाट केन्द्रिय सदस्य पदमा प्रतिनिधित्व गर्दै आएका थिए । केन्द्रिय अध्यक्ष राउतले आर्थिक आर्जन गर्न कै लागि टिकट बेचेको ईरफान शेषको आरोप छ ।

भर्खरै

सम्बन्धित खबर

Language »