सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

जनमत पार्टी बाँकेको नेपालगन्ज उपमहानगरपालिका ११ मा अधिबेशन सम्पन्न, अध्यक्षमा राई चयन

नेपालगन्ज , जनमत पार्टी बाँकेको नेपालगन्ज उपमहानगरपालिका ११ को अधिबेशन सम्पन्न भएको छ ।

पार्टी बिस्तारको क्रममा शनिबार जनमत पार्टीका नेता इरफान अहमद शेषको प्रमुख आतिथ्यमा ११ नंबर वडाको अधिवेशन भएको हो । उक्त सम्पन्न अधिबेशनबाट अध्यक्षमा अल्ताफ राई, उपाध्यक्ष – प्रभा वंसकार, कोषाध्यक्ष, शन्तोष मौर्या, सचिव – सदस्य विजय कुमार गुप्ता, सकिल कबाडिया, मुबारक राई, नन्दलाल वैश्य, राजित काँदू, सल्मा राई, जहिरुन निशा सल्मानी रहेका छन चयन भएका छन ।


उक्त आयोजित कार्यक्रममा जिल्ला अध्यक्ष रियाज अहमद शेष, विद्यार्थी जनमतका नेता रियाज अंसारी, जिल्ला सदस्य जाबिर हल्वाई, जिल्ला सहयोगी शैलेन्द्र कुमार कर्ण, विद्यार्थी जनमत संघका नेताद्वय मुकिम अंसारी, अक्षय सोनकर, जिल्ला सदस्य नाजमा बागवान, जोया शेष, साबिर अलि अंसारी लगायतका नेताहरूको सहभागिता रहेको नेता जाबिर हल्वाईले जानकारी दिए ।


कार्यक्रममा बोल्दै नेता इरफान शेषले आज सम्म मधेशलाई सम्पूर्ण पार्टीले ठगगरि रहेकोले मधेशमा आउने दिन जनमत यानी जनता राज आउने ठोकुवा गरेका छन, नेता शेषले बोल्दै मधेशी नेताहरूलाई समेत अबको दिनमा मधेशी जनताले धपाउने चेताबनी समेत दिइएका छन । नेता शेषले अब मधेशमा मधेशीको मात्र शासन स्वीकार हुने भनेका छन ।

भर्खरै

सम्बन्धित खबर

Language »