सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

जनस्वास्थ्य प्रती गृहमन्त्रालयको चासो

काठमाडौं । कोरोना संक्रमण ब्यापकरुपमा बढ्न थाले पछि यतिबेला सबैतिरबाट अब  के  हुने हो भन्ने चिन्ताले सबैलाई सताउन  थालेको  छ  ।

 एकातिर कोरोना  ब्यापक  रुपमा बढ्ने अर्कातिर अस्पतालहरुले सामाजिक उत्तरदायित्व र  मानबियतालाई समेत बिर्सेर आफुखुसि लुटमच्चाएको खबर बाहिरिन  थालेपछि आम सर्वसाधरण मा चिन्ता बढ्न थालेको  हो  ।

 सामान्य स्तरका  मानिसले उपचारको कल्पना  समेत गर्न नसक्ने अवस्था आउँदा समेत मौन बसेको सरकारले आज गृह मन्त्रालय मार्फत एक प्रेस नोट जारी गर्दै आम नागरिकको स्वास्थप्रती चासो देखाएकोछ।

प्रेस नोट जस्ताको त्यस्तै

विज्ञप्ति
कोभिड-१९ को दोस्रो लहरको संक्रमण दिनानुदिन वृद्धि हुदै गईरहेको सन्दर्भमा यसको व्यवस्थापन अत्यन्त चुनौतीपूर्ण बन्दै गइरहेको छ । साझा शत्रुको रुपमा देखा परेको यस महामारीले हामी सबैलाई आक्रान्त पारेको सबैले महशुस गरिरहेको विषय हो । हालको अवस्थामा कोभिड उपचारको लागि आवश्यक पर्ने अक्सिजन आपूर्ति तथा वितरण प्रणालीलाई भरपर्दो एवं विश्‍वसनीय तुल्याउनु पर्नेछ। अक्सिजन अभाव हुन नदिने र यसको आपूर्ति व्यवस्थालाई भरपर्दो तुल्याउने कार्यमा गृह मन्त्रालय अत्यन्त सक्रियताका साथ लागि परेको छ । यस क्रममा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय तथा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको समन्वयमा अक्सिजन अभाव हुन नदिन विभिन्‍न उद्योग, आयोजना तथा व्यक्तिका साथमा रहेका अक्सिजन सिलिण्डर जम्मा गर्ने कार्य भइरहेको छ। यस क्रममा प्रहरी प्रशासनको विशेष सक्रियता तथा कतिपय उद्योग, आयोजनाको स्वतः स्फुर्त प्रयासबाट अक्सिजन सिलिण्डर जम्मा भईरहेका छन । विभिन्‍न जिल्लाहरुबाट प्राप्त विवरण अनुसार आज मात्रै १८१६ थान अक्सिजन सिलिण्डर संकलन हुन आएको छ । कोभिड विरामीका लागि अति आवश्यक पर्ने अक्सिजन यसरी स्वतःस्फुर्त रुपमा उपलब्ध गराउनुहुने सबै उद्योग, व्यवसाय तथा व्यक्तिहरुलाई गृह मन्त्रालय विशेष धन्यवाद दिन चाहन्छ । साथै यसरी जम्मा हुन आएका अक्सिजन सिलिण्डर स्वास्थ्य तथा जनसंख्या मन्त्रालय तथा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रत्यक्ष संलग्‍नता र समन्वयमा वितरण गरिएको छ । अतः यस विषम परिस्थितिमा अक्सिजनको सहज आपूर्ति तथा न्यायपूर्ण वितरण प्रणालीमा गृह मन्त्रलायले समन्वयकारी भूमिका निर्वाह गरिरहेको हुँदा कोभिड उपचारको लागि यसको अभाव हुन नदिन र आपूर्तिलाई सहज बनाउन सबैले अस्पताल बाहेक अन्य प्रयोजनमा विभिन्‍न उद्योग, व्यवसाय, आयोजना तथा व्यक्तिसँग रहेका अक्सिजन सिलिण्डर स्वतःस्फुर्त रुपमा नजिकको अस्पताल वा सुरक्षा निकायमा उपलब्ध गराई कोभिड उपचार जस्तो मानवीय कार्यमा योगदान दिनुभई नेपाल सरकारको कोभिड-१९ को दोस्रो लहरको संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार पद्दतिलाई प्रभावकारी तुल्याउने अभियानमा सक्रिय सहभागिताका लागि गृह मन्त्रालय सबैमा हार्दिक अपिल गर्दछ ।

मितिः २०७८/०१/२४

भर्खरै

सम्बन्धित खबर

Language »