सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

जमुनाहा भन्सारमा भारतबाट आउने सवारीसाधानलाई सेनिटाइज गरेर मात्र प्रवेश

नेपालगन्ज। नेपालगन्जस्थित नेपाल-भारत सीमा-नाका जमुनाहा भन्सारमा भारतबाट आउने सवारीसाधानलाई सेनिटाइज गर्न थालिएको छ ।

विश्वरभ तथा भारतमा समेत काेराेना भाइरस संक्रमण बढिरहेकाे अवस्थामा नेपालमा पनि लकडाउनको घोषणा गरी यसको रोकथामको लागि विभिन्न उपाय अपनाइदै आएको हो ।

लकडाउनको अवस्थामा नेपाल-भारत सीमा-नाका जमुनाहामा नेपालगन्ज उपमहानगरपालिकाको सहयोगमा खटिएका सशस्त्र प्रहरीले भारतबाट आउने हुने सम्पुर्ण सवारी साधनलाई सेनिटाइज गरेर मात्र भित्रिन दिइएको हो ।

हरेक दिन ५५-६० वटा अत्यावश्यक ट्रक, ट्याङकर, एलपी ग्यास, एम्बुलेन्स, तरकारीका गाडीलाई सेनेटाईज गरी मात्र नेपाल प्रवेश गराउने गरेको छ । ईन्धन लोड भएका गाडी र चालकहरुलाई सेनिटाइज गर्न थाले पनि यतिले कोरोना भित्रिन्न भन्नेमा ढुक्क हुन नसकिने स्थानीयले बताएका छन् । ‘गाडी मात्र सेनिटाइज गरेर भएन, गाडीभित्रका सामान त जस्ताको त्यस्तै हुन्छ नि,’ एक स्थानियले भने ।

जमुनाह नाका हुँदै भित्रिने भारतबाट आएका ट्यांकरका चालक एवं सहचालकलाई ज्वरो चेक गर्ने तथा सेनिटाइज गर्ने काम धमाधम भैरहेको छ ।

यस्तै केही दिन अगाडिदेखि रोकिएको भारतीय तरकारी नेपालमा रोक लगाएपछि आउन बन्द भएको थियो । नेपाली तरकारी खेतमै कुहिएकाे तर भारतबाट आउने तरकारी खुल्लमखुल्ला विक्री वितरण भएकाे भन्दै स्थानीय किसानले विरोध जनाउँदै आएका थिए । केही दिन रोकिएको तरकारी आइतवारदेखि पुन: धमाधम आउन थालेको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »