प्रहलाद विश्वकर्मा
नेपालगंज ,नेपाल रेडक्रस सोसाइटी बाँके जिल्लाले जयेन्दु बालसुधार गृह डुडुवा गाउँपालिका–६ लाई खेल सामाग्री हस्तान्त्ररण गरेको छ ।
युनिसेफ नेपालबाट प्राप्त ५ सेट खेल सामाग्री बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङ, नेरेसो बाँके शाखाका सभापति गोवर्धन सिंह सम्झना, जग्गादाता जयकेश सिंह, नेरेसो बाँकेका कोषाध्यक्ष राकेश बहादुर श्रीवास्तव, वडा अध्यक्षहरुमा नेपालगंज उपमहानगरपालिका १३ वीरेन्द्र शाह, डुडुवा गाउँपालिका ६ का मोहन मिश्रा लगायतले संयुक्तरुपमा सुधार गृहका प्रमुख विमला कउचा मगर र सुधार गृहका क्यप्टनलाई हस्तान्त्ररण गर्नु भएको थियो ।
यस सुधार गृहमा खेल सामाग्रीको अभाव हुँदै आएकोमा त्यो कार्य युनिसेफ र रेडक्रसले उपलब्ध गराएको सामाग्रीबाट सहयोग पुग्ने कुरा कार्यालय प्रमुख विमला काउचा मगरले बताउनु भयो ।
जयेन्दु बाल सुधार गृहमा १०१ जना किशोरहरु रहेको कुरा कार्यक्रममा बताइएको थियो ।