सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

जसको बलिदान जी ३६ मेसिनगन संगै साटियो

                            – जानुका धमला ‘सन्ध्या’

                  सहिद सबैको साझा र प्यारो हुन्छन । जो देश दुनियाँ बदल्नको लागि आफ्नो जीवनलाई हाँसी हाँसी बलिदान गरिदिन्छन स्वार्थ रहित भएर अजम अमर  हुन्छन युगौ युगसम्म । ती महान योद्धाहरुको बलिदानी रगतले शाषक फेरिन्छन । शाषन ब्यवस्था फेरिन्छ । देशको मुहार बदलिन्छ र सर्बहारावर्गको हितमा समेत विश्वमा हलचल पैदा गर्छ निमुखा समेत आफनो अधिकारको लागि जुर्मुराउछन । तेही जुर्मुराउने समरको यात्री हुन आजका बिशेष व्यक्तित्व।

              चतुरमान वाइबा (क.अनिस) यो नाम सिन्धुपाल्चोक जिल्लाको भोटेचौरमा-५ मा २०३७ सालमा जन्मनु भएको नाम हो ।  युवा उमेर देश दुनियाँ बदल्ने सोच बोकेर  २०५६ सालमा युवा अवस्थामा क्रान्तिको यात्रमा सहभागी हुनुभयो । अहिले अनुभव गर्छु म मेरो कमाण्डरले युद्धमोर्चामा कासन गरिरहँदा कैयौं पटक दुश्मनहरु हायलकायाल भएका थिए । आत्मासमर्पण गरेका थिए । लाग्थ्यो यो मान्छे सर्वहाराको वर्गकै मुक्तिको लागी नै जन्मिएको हो । युद्ध सुनौलो बिहानी लिएर आउछ अनि डरलाग्दो चित्कार छोडेर जान्छ । सुनौलो विहानीको सपना देख्ने मेरो आदरणिय  कमाण्डर क.अनिस युद्ध  कलाले लाल र निपुण  हुनुहुन्थ्यो । आवश्यकता अनुसार जस्तो पनि जिम्मेवारी बहन गर्न सक्ने क्षमता थियो उहाँमा । युद्धको मोर्चाहरुमा सधै जीत मात्रै हासिल हुदैन तर कमाण्डर अनिसले युद्ध हारे पनि उहाँ कहिल्यै हार्नु भएन आफुसंग । उहाँले आफुले पाएको जिम्मेवारीलाई कहिल्यै हारमा परिणत गर्नु भएन । जीत हार सिक्काको दुई पाटा हो महत्व चाही तेही जुन हुन आफुसंग हार्देन यही कुराले विशेष अर्थ राख्दछ युद्धमा ।

                युद्धमा नहारेका सहासी कमाण्डरको  सहाभागी  मोर्चामोर्चाबद्ध लडाईहरु मेलम्ची सिमखेत एम्वुस, २०५८ साल माघ २२ गते काभ्रेपलान्चोकको भकुण्डेवेंशी, २०५९बैशाक् २२  मा संखुवासभाको चैनपुरमा सशस्त्रको क्याम्प ०५९, भदौ २२ सिन्धुलीको भिमान, ०५९ कार्तिक १०ओखलढुंगाको रुम्जाटार, ०५९ मंसिर १८ सिराहाको लहान,०६० चैत २२ धनुषाको यदुकुवा ०६१ चैत २१ चरिकोट दोलखा जेल कब्जा , २०६२ साउन ३२ बनेपाको कमाण्डो ,०६२ माघ ८ झुरझुरे मकवानपुर,०६२ माघ २४ पनौती काभ्रेपलाञ्चोक,.मैनापोखरी दोलखा २०६१बैशाक २७,अम्लेखगंज बारा पर्सा मकावानपुर २०६१ फाल्गुन १६ । सिराहा बन्दीपुर २०६२ वैशाख २६, २०६२ बैशाख २९ सान्दाने भिडन्त,  नार्के, घर्तीछाप, साँखु,काभ्रेभन्ज्याङ, खाडी चौर, पनौती आफुसंग नहारी उहाँले लडनु भएको मोर्चा । युद्धमा बहादुरहरुले जीत्ने हो कायरहरुले सधै हार्छन नै । युद्ध नहारेको कमाण्ड आजको दिन भौतिक रुपमा हारेर बाँकी क्रान्तिको अभिभारालाई बाँचेकाहरुलाई जिम्मा लगाएर जानु भएको दिन । हार्नु चैत ८ अर्थात क. अनिसको भौतिक बलिदान गरेर पुर्वी डिभिजनकोमा अत्याधुनिक हतियार जी- ३६ मेसिन गन प्राप्त भएको दिन । १५ वर्ष अगाडि आजकै दिन अर्थात चैत ८ काभ्रेपलान्चोक जिल्लाको दारेचोक भिडन्तमा शहादत प्राप्त गर्नु भएको बटालियन कमाण्डर क.अनिसले नेपाली क्रान्तिलाई भौतिक बलिदान गरेको दिन ।

जब म जनमुक्ति सेनाको फर्मेशनमा स्थायी  छापामार भए मलाई मोर्चाबद्ध युद्ध मोर्चाहरुको बारेमा जान्न निकै उत्सुकता थियो  । म पुर्वी डिभिजनको युद्धमोर्चामा सहभागि नहुँदासम्म मलाई मोर्चाबद्ध युद्धहरुमा सहभागि भएको थिइन । जब मैले कमाण्डर अनिस संग भेटे मलाई उहाँले भन्नु हुन्थ्यो सबै युद्धहरुको अन्त्य गर्न लाई जनयुुद्ध शुरु भएको हो । एक झमट रमाएकी थियो अन्तिम युद्धको लागि जनमुक्ति सेनाको संगठनको सदस्य भएर युद्ध लडन पाउदा खुशी ।  अर्काे गाम्भिरता पनि थियो यत्रो आन्दोलनमा जनमुक्ति सेनाको सदस्य भएर लडदा आन्दोलनलाई अन्तिम गन्तब्यमा पुराउन सकिन्छ कि सकिदैन भनेर ।

विस्मृत हुन लागेका आकृतिहरु स्मृतिमा सजाउनुले पनि छुट्टै खुशी र आनन्दता प्रदान गर्छन मनमा । एक झमट विस्मृत आकृतिहरुसँग घोत्लियो एक झमट स्मृतिका आकृतिहरुसँग रमायो । रमाउनु र गुमाउनुको संगम पनि जीवन जस्तो लाग्छ । यो आकृतिसँग छुट्टै सम्मान र सदभाव छ जसको स्वायड सदस्यबाट शुरु भएको सैन्य यात्रा स्क्वायड  कमाण्डर ,प्लाटुन सह कमाण्डर ,प्लाटुन कमाण्डर, कम्पनी सह कमाण्डर,कम्पनी कमाण्डर, बटालियन सह कमाण्डर हुँदै १३आंै बटालियनको बटालियन कमान्डर गएर सकियो । 

          सहयोद्धाहरूको सम्झनामा कमरेड अनिश : 

       गंगा कार्की क.विश्व  

तत्कालीन समयमा म बेथान स्मृति व्रिगेडको व्रिगेड कमिसार थिए ।  सिन्धुपाल्चोकको वाफलमा व्रिगेड कार्यालयको साथीहरु सहित जम्मा भएका थियौ  । युद्ध हो हार र जीत भइनै हाल्छ तर उहाँलाई यति चाडै गुमाउनु पर्छ भन्ने कुरा अनुमान भन्दा बाहिरको थियो । जब उहाँको सहादत भएको कुरा स्याटलाईट फोन मार्फत तल्कालै जानकारी पाए । कमिसारको हैसियतले पनि सहयोद्धाहरुलाई सानत्वना दिने कुरा छँदै थियो तर बहादुर र सहासी कमाण्डर  गुमाउदा अब भौतिक रुपमा भेट हुने छैन भनेर मनलाई भन्नु चाही चानचुने कुरा होइन रहेछ । कसैले नदेख्ने गरी एकान्तमा बसेर रोएको याद छ मलाई ।

          डम्बर थामी  क. ‘अनुपम’

अनगिन्ती मोर्चाहरुमा सँगसँगै लडयौं जहाँ हामी सहभागी नभएको पुर्वी कमाण्डको कुनै मोर्चा नहोला । एउटै थालमा खाना खान्थ्यौं युद्धमोर्चाका हरेका दुख सुखमा रमायौं । त्यो प्यारो मान्छेको शहादत हुनु भन्दा अगाडी हामी सँगै धुलिखेलको सदरमुकाम रेक्की गर्न गएका थियौं र म त्यहीँबाट दुश्मनको कब्जामा परें । म खुल्ला संसारमा आउँदा तिमी अमर बनिसकेको थियौ । मैले असल युद्ध सहकर्मी योद्धा गुमाए जनमुक्ति सेनाको सदस्यहरुले एउटा बहादुर र सहासी कमाण्डर गुमाए । बहुप्रतिभाको धनी क. अनिश बन्दुकको मोर्चा जस्तै तिखो थियो कला साहित्यमा मोर्चा पनि । निखार  तिखार थियो उहाँको कलममा । राम्रो कविता लेख्ने गित गाउने । माक्सवादी दर्शनमा पनि दखल थियो उहाँमा । उहाँको दिदि तिर्थमाया बाइवाको पनि दोलखाको बोत्ले हत्याकाण्डामा शहादत भएको थियो । गतल प्रवृद्धीका विरुद्ध खुल्ला रुपमा बहस गर्न सक्ने क्षमता थियो । उहाँको एक श्रीमती र एक छोरा पनि हुनुुहुन्छ

     तेज दोङ क.उर्जाको सम्झनामा : 

पाटीको ढाडमा टेकेर टाउकोमा हान्ने रणनितिलाई आत्मसाथ गर्दै अगाडी बढने क्रममा बेथान स्मृति ब्रिगेडले हतियार कब्जा गर्ने योजना अनुरुप कमाण्डोको योजना बन्यो र २०६२ चैतमा ८ काभ्रेपलान्चोकको दारेचोकमा भिडन्त भयो । त्यो भिडन्तमा म पनि संगै थिए उहाँ कमाण्डर म सह कमाण्डर थिए सेल्टर लिने क्रममा हामी सबै भन्दा अन्तिमको घरमा थियौ जहाँ दुश्मन आउने बाटोको पहिलो घरमा हाम्रो सेल्टर थियो । म संग एस एम जी गन थियो, उहाँ आगनमा उभिएर दुश्मन आउने बाटो हेर्दै हुनुुन्थ्यो दुश्मन नजिकै आईसकेको थियो म कराए कमाण्डर दुश्मन मेरो वाक्य पुरा नपाउदै सेनाबाट फायारि¨ भयो उहाँ तेही  ढल्नु भयो । आमुन्ने सामुन्ने भएको भिडन्त झण्डै १ घन्टा चल्यो  कमाण्डर अनिसको भौतिक शरीरसँग साटेको हतियार ३ थान एल.म.जी  २ थान एल.एस.डब्लु .१थान टू ईन्च मोर्टार१ थान, १४ थान इन्सास राइफल .५ थान बेल्जीयम राइफल कब्जा भएको थियो । विडम्बना तपाई शहिद हुनुभयो म बाँचे । अझै पनि बिगत आलो घाउ बनेर दुखीरहन्छ ।

      दैबलाल घिसिङ्घ क.अनुशिल : 

उहाँ १३औं बटालियनको कमाण्डर भएर आएदेखि  नै हामीमा उच्च मनोबलको महशुष भएको थियो । म १३औं बटालियन अन्तर्गत बी कम्पनीको कमिसार थिए त्यो मोर्चासँग मेरो कम्पनीको सदस्य र मेरो पनि प्रत्यक्ष सहभागिता छ । भकुण्डे बेसीबाट आउने दुश्मनलाई कमाण्डो गरेर हतियार खोस्ने योजना थियो । दुश्मन क्याप भित्र जति शक्तिशाली भएन पनि क्याप बाहिर जनमुक्ति सेना संगको भिडन्तमा सधै हारेका प्रसस्त उदारणहरु छन जस्तै काभ्रेको नार्के,धर्तीछाप होस वा सिन्धपाल्चोकको खाडीचौर मकावानपुर बारा पर्साको एम्वुस होस हरेका ठाँउमा हार ब्यहोरेका उनीहरु यो पटक पनि हार ब्यहोरेर नै फर्किए । उपलब्धी ठुलो हो तर कमाण्डरको बलिदानको कारण हाम्रो तर्फ पनि ठुलो क्षति भयो ।

कमरेड अनिस तपाई संग युद्ध मोर्चामा विताएको सबै यादहरु अबिस्मरणीय छन । सान्दानेको भिडन्त पछि सेनाका घेरा बन्दीमा परेर सिन्धुलीको बाहुन लिल्पुङ्घ हाम्रो संचार सेट दुश्मनले कब्जा गरे पनि सेना र तपाई संग भएको संम्बाद मस्तिष्सकको डिभाईसमा सुरक्षीत नै छ । तपाई प्रति भावपुर्ण श्रद्धासुमन ।

भर्खरै

सम्बन्धित खबर

Language »