सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

जसपाले बाँके क्षेत्र नं २ का २७ वडामा एकैसाथ घरदैलो सुरु गर्ने


नेपालगन्ज, जनता समाजवादी पार्टी बाँकेले निर्वाचन क्षेत्र नं २ का सबै वडाहरूमा आइतबार एकैपटक चुनावी घरदैलो अभियान सुरु गर्ने भएको छ । यो निर्वाचन क्षेत्रमा नेपालगन्ज उपमहानगरपालिकाका २१ वटा र डुडुवा गाउँपालिकाका छ वटा वडाहरू समेटिएका छन् ।
यी सबै वडामा एकैपटक घरदैलो कार्यक्रमहरू सुरुवात हुने र त्यसपछि त्यो चुनावसम्मै निरन्तर रहने पनि जसपाले जनाएको छ । घरदैलो कार्यक्रमको सुरूवात जसपाका नेता तथा प्रतिनिधिसभा बाँके क्षेत्र नं २ का उम्मेदवार मोहम्मद इश्तियाक राईले डुडुवा गाउँपालिका वडा नं ६ बाट गर्नेछन् ।

त्यसपछि सबै वडामा त्यहाँका अगुवाहरूले घरदैलो कार्यक्रमलाई अघि बढाउनेछन् ।
जसपाले शनिबार नेपालगन्जमा राखेको निर्वाचन क्षेत्रस्तरीय बैठक तथा प्रशिक्षणपछि उसले यस्तो निर्णय गरेको हो । बैठकले निर्वाचनका लागि विभिन्न परिचालन कमिटी पनि गठन गरेको छ। जस अन्तर्गत प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ का लागि राजन राना मगरको संयोजकत्वमा २५१ सदस्यीय चुनावी परिचालन कमिटी गठन भएको छ ।


त्यस्तै प्रदेशसभा ‘क’ मा चिन्टु वर्मा संयोजक रहेको ५१ सदस्यीय र ‘ख’मा बुद्धिसागर सुवेदीको संयोजकत्वमा ५१ सदस्यीय चुनाव परिचालन कमिटी गठन भएका छन् । त्यस्तै जसपाले आफ्नो निर्वाचन क्षेत्रभित्र पर्ने २७ वटै वडाहरूमा पनि त्यस्तै चुनाव परिचालन कमिटी गठन गर्ने निर्णय गरेको छ ।
बैठकमा क्षेत्र नं २ का प्रतिनिधिसभा उम्मेदवार मोहम्मद इश्तियाक राईले एकवद्ध भएर चुनावी अभियानमा लाग्न कार्यकर्तालाई निर्देशन दिएका थिए ।
उनले विपक्षीहरूले जसपाका उम्मेदवारविरूद्ध मतदाताहरूमा फैलाएको भ्रम चिर्न र जनतासँगै रहेर संयम अपनाउँदै चुनावी अभियानमा जुट्न पनि भनेका थिए ।

भर्खरै

सम्बन्धित खबर

Language »