सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

जातिय आरक्षणको बारेमा आम नेपाली टेलिभिजन भित्रै बिद्रोह

काठमाडौं । नेपालको कुनाकाप्चा सम्मपनि जातिय बिभेद र आरक्षणको बारेमा चर्को बहस भई रहँदा आम नेपाली टेलिभिजनले आरक्षणको बिषयमा केद्रित रहेर एक जनचेतनामुलक भिडियो निर्माण गरी प्रशारण गरेको छ ।
आम नेपाली टेलिभिजन बाट प्रशारणको तयारीमा रहेको मिसन भण्डाफोर कार्यक्रमका प्रमुख दिपेन्द्र ढकाल को परीकल्पना ,लेखन तथा निर्देशनमा बनेको सो जनचेतनामुलक भिडियोमा कलाकार रिया श्रेष्ठ लगायतले अभिनय गरेका छन्।
आम नेपाली टेलिभिजनका लागि बनाईएको यो जनचेतनामुलक भिडियोले सामाजिक रुपान्तरणको अभियानमा महत्वपुर्ण भुमिका निर्वाह गर्ने आम नेपाली टेलिभिजनका अध्यक्ष राजकुमार हुँमागाईँ ले बताउनु भयो ।
आफ्ुले अन्य ब्यबसायलाई छोडेर टेलिभिजनमा लगानि गर्दा यहि समाजका केहि ब्यक्तिहरुले नराम्रा टिप्पणी समेत गरेतापनि सामाजिक रुपान्तरणको अभियानमा सुचना सञ्चारको माध्यम बाट सहभागि भएर लाग्न पाउँदा आफुलाई आनन्द महसुस भएको अध्यक्ष हुँमागाईँ ले बताउनु भयो ।
भिडियो परिकल्पनाकार ,लेखक तथा निर्देशक दिपेन्द्र ढकालले यस्तै सुचना संचार र सामाजिक सन्जाल मार्फत सामाजिक रुपान्तरणको कार्यमा सहभागि बन्न आम नेपाली नागरिकमा आह्वान समेत गर्नु भयो ।

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

भर्खरै

सम्बन्धित खबर

Language »