सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

जानकी गाउँपालिका वडा नम्बर ३ बन्जारे गाउँमा दुई कोठे विद्यालय भवनको शिलन्यास


नेपालगंज ,बाँकेको जानकी गाउँपालिका वडा नम्बर ३ बन्जारे गाउँमा रहेको श्री आधारभुत विद्यालयको २ कोठे भवन आज शिलन्यास गरिएको छ । गाउँपालिका अध्यक्ष राम निवास यादवले भवनको शिलन्यास गर्नुभएको हो ।

प्रदेश नम्बर ५ प्रदेश सरकारले गाउँपालिका मार्फत विद्यालय भवन निर्माण गर्नका लागी रकम सहयोग गरेको छ ।

१६ लाख ८७ हजार रुपैयाँ बढीको लागतमा निर्माण गर्न थालिएको भवनमा २ लाख ३२ हजार रुपैंयाभन्दा बढीको स्थानीय श्रमदान रहेको विद्यालयका प्रधानाध्यापक आदित्य कुमार बर्माले जानकारी दिनुभयो ।

यो विद्यालय भवन चालु आर्थिक बर्ष भित्रमै निर्माण गरी सक्ने लक्ष्य छ । श्री आधारभुत विद्यालय का अध्यक्ष धर्मराज वर्मालगायतको सहभागिता रहेको थियोे ।

भर्खरै

सम्बन्धित खबर

Language »