सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

जानकी गाउँपालि वडा नम्बर ३ ले किसानलाई अनुदानमा घाँसको वीउ वितरण

नेपालगंज, बाँकेको जानकी गाउँपालिकाले वडा न ३ मा किसानहरुलाई बर्शीन घाँसको वीउ वितरण गरेको छ । जानकीको पशुसेवा शाखा को ७५५ अनुदान मा किसानहरुलाई विउ वितरण गरिएको हो ।


व्यवसायिक रुपमा पशुपालन गर्ने किसानलाई घाँसको माध्यम बाट पशुपालन गर्न सहजहोस भन्ने उदेश्यले वीउ वितरण गरिएको जानकी गाउँपालिका वडा अध्यक्ष राजकुमार कुर्मी (बाबू )ले जानकारी दिए । तिन सय जना किसानहरुलाई घाँसको विउ जानकीको पशुसेवा शाखा को ७५५ अनुदानमा खरिद गरी किसानलाई वितरण गरिएको वडा अध्यक्ष राजकुमार कुर्मी (बाबू )ले बताएका छन् ।


वीउ वितरण कार्यक्रममा जानकी गाउँपालिकाका जसपा अध्यक्ष धर्मराजबर्माले किसानको चाहना अनुरुप विउ वितरण गरिएको जनाए । विउ लिन आएका किसानहरुले विउ पाये पछि खुसीहुंदई वडा अध्यक्ष राजकुमार लाई धन्यबाद पनि दिएका थिए।


कार्यक्रममा किसानलाई व्यवसायिक बनाउने योजनामा वडा अध्यक्ष राजकुमार कुर्मी (बाबू )ले बनाएका कारण यस तर्फ सबैको चासो हुनुपर्नेमा जोड दिए । कार्यक्रममा जानकी वडा नम्बर ३ का कर्मचारी वडा सद्स्य हुसैनि अहिर लगाएतको उपस्थिती रहेको थियो ।

भर्खरै

सम्बन्धित खबर

Language »