सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

जानकी र खजुरा गाउँपालिका अन्तर्गत स्थापना भएको क्वारेन्टइनका लागि सामाग्री सहयोग

प्रहलाद विश्वकर्मा
नेपालगंज ,
कारोना भाइरसको संकास्पद व्यक्तिका लागि जानकी र खजुरा गाउँपालिकामा स्थापना भएको क्वारेन्टइनका लागि आवश्यक पर्ने आवसीय सामाग्री नेपाल रेडक्रस सोसाइटी बाँकेले सहयोग गरेको छ ।

जानकी गाउँपालिका अन्तर्गत २५ बेडको क्वारेन्टइन स्थापना भएको उक्त क्वारेन्टइनका लागि कम्बल २५ थान, म्याट पीफाम २५ थान, झुल २५ थान, वाल्टी र जग ५÷५ थान र सावुन नेपाल रेडक्रस सोसाइटी गनापुर उपशाखा मार्फत जानकी गा पा वडा नं ४ का वडा अध्यक्ष विश्राम कुमार वर्मालाई नेरेसो बाँके शाखाका सभापति गोवर्धन सिंह सम्झनाले हस्तान्त्ररण गर्नु भएको छ ।

यसैगरी खजुरा गाउँपालिका अन्तर्गत राधापुरमा २० वेडको क्वारेन्टइन स्थापना भएको छ ।

उक्त क्वारेन्टइनका लागि रेडक्रसबाट कम्बल २०, पीफाम २०, झुल २०, साबुन ४, वाल्टी र जग ४÷४ थान नेरेसो बागेश्वरी उपशाखा मार्फत ५ नं प्रदेश शसस्त्र प्रहरी गण खजुरालाई हस्तान्त्ररण गरिएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »