सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

जापानका प्रधानमन्त्री सिन्जो आबेद्वारा राजीनामा

काठमाडौँ । जापानका प्रधानमन्त्री सिन्जो आबेले शुक्रबार आफ्नो पदबाट राजीनामा दिएका छन् ।

स्वास्थ्यमा देखिएको समस्याको कारण उनले आफ्नो स्वास्थ्य अवस्थाको कारण देखाउँदै राजीनामाको घोषणा गरेका हुन् ।

पछिल्लो केही समयदखि बिरामी रहेका उनले शुक्रबार टोकियोमा राजीनामाको घोषणा गरेका हुन् ।

उनले सञ्चारकर्मीसँग कुरा गर्दै आफूले स्वास्थ्य समस्यासँग संघर्ष गरिरहेको बताए ।

‘मेरो खराब स्वास्थ्य अवस्थाको कारण गलत निर्णय राजनीतिक निर्णय हुनुहुँदैन’, उनले भने, ‘जहिलेसम्म म जापानी जनताको अपेक्षा पूरा गर्न सक्षम बन्दिनँ, त्यतिबेलासम्मको लागि मैले प्रधानमन्त्री पधानमन्त्री पदमा रहनु हुँदैन । त्यसैले मैले पद छाड्ने निर्णय गरेको छु ।’

आबेले आफ्नो कार्यकाल पूरा गर्न नसकेकोप्रति जापानका जनताहरुसँग माफी पनि मागेका छन् । उनको उपचारमको लागि अब एक वर्ष पनि लाग्न सक्ने जापानी सञ्चारमाध्यमहरुले बताएका छन् ।

भर्खरै

सम्बन्धित खबर

Language »