सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

जिर्ण अवस्थामा रहेको रामजानकी मन्दिरको पुर्न निमार्ण शुरु


डुडुवा (बाँके), बाँके डुडुवा गाउँपालिका वार्ड नं. २ उचुवा बाबा कुटीस्थित जिर्ण अवस्थामा रहेको रामजानकी मन्दिरको पुर्ननिमार्ण तथा मर्मत सम्भारको कार्य शुरु गरिएको छ ।

करिब डेढसय वर्ष पुरानो ऐतिहासिक मन्दिरको समयमा भौतिक संरचनालाई मर्मत नगरिएपछि जिर्ण अवस्थामा भत्किएको छ ।
गाउँपालिकाभित्र रहेको ऐतिहासिक मन्दिरलाई धार्मिक तथा पर्यटन क्षेत्रमा टेवा पुग्ने उद्देश्यले सो मन्दिरको पुर्ननिमार्ण शुरु गरिएको हो ।

आज मध्यान्हको समय शुभमुर्हुतमा सो मन्दिर भवनको गाउँपालिका अध्यक्ष नरेन्द्र कुमार चौधरीले शिलान्यास गर्नुभयो ।

उहाँले मन्दिरको शिलान्यास गर्दै गाउँपालिकाभित्र थुप्रै धार्मिक मठ मन्दिर, मस्जिदहरु रहेकाले केही ऐतिहासिक पुराना संरचनाहरुलाई पुर्ननिमार्ण तथा मर्मत सम्भार गर्न स्थानीय सरकारको जिम्मेवारी अनुरुप पुर्ननिमार्णको कार्य शुरु गरिएको बताउनुभयो ।

अध्यक्ष चौधरीले यस्ता धार्मिक केन्द्रहरुको संरक्षण र सम्बद्र्धन गरि पर्यटन क्षेत्रमा समेत सहयोग पुग्ने विश्वास व्यक्त गर्दै बजेटको अभावमा सोचे जति गर्न नसकेपनि थोरै बजेटबाट शुरुवात गरेको बताउनुभयो ।
रामजानकी मन्दिरमा अष्टधातुबाट निर्मित राम, सिता, लक्ष्मण, गणेश, हनुमान, शालीग्रामको ऐतिहासिक मुर्ति रहेको छ । मन्दिरमा भजन किर्तन कोठा, परिक्रमा, गर्भ गिरी, स्टोर कोठाको पर्नुनिमार्ण शुरु गरिएको छ ।

बाउण्ड्रीसहित मन्दिर निमार्णका लागि करिब रु एक करोड लाग्ने अनुमान गरिएको छ । अहिले पहिलो चरणमा रु १५ लाखबाट निमार्ण थालिएको गाउँपालिकाका प्राविधिक शाखाका मदनेश्वर झाले बताउनुभयो ।
करिब ५ कठठ्ठा बढी जग्गामा रहेको मन्दिरको नाममा डुडुवा ६ मा १४ विगाह पक्का खेतीयोग्य जमिन समेत रहेको मन्दिरका पुजारी भग्गन महाराजले बताउनुभयो ।

मन्दिरमा दशै, रामनवमी, कृष्णा जन्मअष्टमी लगायत अवसरमा भजन किर्तन, भण्डारा, र मेला लाग्ने गर्दछ ।

भर्खरै

सम्बन्धित खबर

Language »