सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

जिल्ला प्रहरी कार्यालय बाँकेको मोटरसाइकल गस्ति सुरु


नेपालगञ्ज,चाडपर्वलाई लक्षित गरेर सुरक्षा योजना सार्वजनिक गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले आजदेखि मोटरसाइकल गस्ति सुरु गरेको छ ।

चाडपर्वमा चोरी, लुटपाट र झैझगडाका घटना बढी हुने भएकाले त्यसको नियन्त्रणका लागि मोटरसाइकल गस्ति अभियान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका एसपी ओम बहादुर रानाले जानकारी दिनुभयो ।

उहाँका अनुसार, मोटरसाइकल गस्ति चौविसै घण्टा तयारी अवस्थामा रहने छ । जिल्ला प्रहरी कार्यालयका १४ र जिल्ला प्रहरी कार्यालय मातहत रहेका युनिटका १६ गरी ३० वटा मोटरसाइकलमा गस्ति गर्ने गरी मोटरसाइकल गस्ति सुरु गरिएको हो ।

उहाँका अनुसार, घटनास्थलमा तत्काल रेसपोन्स गर्न सहज होस् भनेर मोटरसाइकल गस्ति सुरु गरिएको हो । एसपीको आगमनसँगै बाँकेको शान्ति सुरक्षामा व्यापक सुधार भएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »