सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

जिल्ला प्रहरी कार्यालय बाँकेद्धारा अबैध सामान बरामद


मंसूर अली इद्रिशी

नेपालगन्ज,जिल्ला प्रहरी कार्यालय बाँकेले एक लाख बढि मूल्यको अबैध सामान बरामद गरेको छ । नेपालगञ्ज उप-महानगरपालिका वडा नम्बर–१०, विद्युत कार्यालय जाने बाटोमा भन्सार छलि ल्याइएको सामान जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटेको प्रहरी टोलीले बरामद गरेको हो ।


जिल्ला प्रहरी कार्यालय बाँकेले बरामद गरेको सामानमा लत्ताकपडा, मिक्सर मेशिन, मोबाईल कभर, छोगडा लगायतका विभिन्न सामान अन्दाजि मूल्य एक लाख ४ हजार ८ सय रुपैयाँ रहेको छ । उक्त सामान आवश्यक कारबाहीका लागि नेपालगञ्ज भन्सार कार्यालय पठाइएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »