सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

जिल्ला प्रहरी कार्यालय बाँकेलाई माहुरी होम कपिलबस्तुद्वारा स्वास्थ्य तथा सरसफाईका सामग्री सहयोग


नेपालगञ्ज,कपिलबस्तुमा रहेको माहुरी होमले बाँकेका विभिन्न प्रहरी कार्यालयलाई स्वास्थ्य तथा सरसफाईका सामग्री सहयोग गरेको छ ।

डिएफआइडीको आर्थिक सहयोगमा भिएसओ र ईन्टरनेशनल अलर्टको साझेदारीमा माहुरी होम कपिलबस्तुले कोरोना भाइरसबाट बच्नका लागि स्वास्थ्य तथा सरसफाईका सामग्री सहयोग गरिएको हो ।

माहुरी होमले सक्रियतामा जिल्ला प्रहरी कार्यालय बाँके,महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्र(महिला सेल) र ईलाका प्रहरी कार्यालय (क)कम्दी, ईलाका प्रहरी कार्यालय (ख) बनकट्टी,ईलाका प्रहरी कार्यालय हिरमिनिया,प्रहरी चौकी बेतहनी, नेपालगन्ज उप-महानगरपालिका वडा नम्बर २३ कार्यालय लगायतलाई स्वास्थ्य तथा सरसफाईका सामग्री सहयोग गरिएको हो ।


माहुरी होमले स्यानीटाइजर, मास्क, पिपिई, हेण्डवास, स्प्रे, थर्मल गण, ग्लोब्स, सहयोग गरिएको सस्थाका सामाजिक परिचालक शिव शकर जैसवालले जानकारी दिनुभएको छ ।

कोरोना भाइरस माहामारी रोक्न प्रहरी दिनरात खट्नुपर्ने भन्दै सस्थाले स्वास्थ्य तथा सरसफाईका सामग्री सहयोग गरेको जैसवालले जानकारी दिनुभएको छ ।


पछिल्लो समयमा प्रहरीमा कोरोना भाइरसको रिपोर्ट पोजेटिभ आउने क्रम बढेपछि सचेत हुदै काम गर्न सहज गराउन स्वास्थ्य तथा सरसफाईका सामग्री सहयोग गरिएको सामाजिक परिचालक सरू हमालले जानकारी दिनुभएको छ ।

यस्तै केही दिनमा देउखुरी क्षेत्रमा रहेका ईलाका प्रहरी कार्यालय भालुबाङ र प्रहरी चौकी सिसहनियालाई पनि उपलब्ध गराउने कार्यक्रम रहेको माहुरी होमका बोर्ड सदस्य प्रेम जैसवालले जानकारी दिनुभएको छ ।

माहुरी होमले सहज परियोजना सञ्चालन भएका कपिलबस्तु, दाङ, बाँके, बर्दिया, प्यूठान, रोल्पा, रुपन्देहीमा रहेका प्रहरी कार्यालयलाई सहयोग उपलब्ध गराउने कार्यक्रम रहेको जैसवाललले जानकारी दिनुभएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »