सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

जिल्ला समन्वय समिति बाँकेले राप्ती–सोनारी गाउँपालिकामा अनुगमन


नेपालगञ्ज, जिल्ला समन्वय समिति बाँकेले विहिवार राप्ती–सोनारी गाउँपालिकामा अनुगमन गरेको छ ।

राप्ती सोनारी गाउँपालिकाको विभिन्न वडामा कोरोना भाइरसको संक्रमण फैलिन नदिन सरकारले लकडाउन घोषणा गरेपछि भएको राहत वितरण लगायतका अन्य तयारीको विषयमा जिल्ला समन्वय समिति बाँकेले अनुगमन गरेको हो ।

जिल्ला समन्वय समिति बाँकेका संयोजक अजय श्रीवास्तवको नेतृत्वको टोलीले राप्ती–सोनारी गाउँपालिकाको वडा नं.२, ३,४,५, र ८ नम्बर वडामा वडाहरूले बितरण गरेको राहतको बारेमा अनुगमन गरेको छ ।
सो अनुगमन टोलीमा प्रदेश सभा सदस्य नमुना केसी, विजय बहादुर यादव ,राप्ती–सोनारी गाउँपालिका का उप अध्यक्ष धनी कुमारी खत्री तथा जिल्ला समन्वय समितिका सदस्य चेत बहादुरर घर्ती, सव इन्जिनियर नवीन पाल लगायतको सहभागिता थियो ।

‘राहत बितरण गरिसकेका जिल्ला भित्र रहेका सम्पुर्ण पालिकाका वडा वडामा पुगेर जनतासँग बुझ्ने काम भइरहेको छ ।’ उनले भने, ‘अनुगमन गरिसकेपछि जस्तो रिपोर्ट भेट्छौं, सोही अनुसारको प्रतिबेदन प्रदेश सरकार र संघीय सरकारलाई पठाउँछौ ।


जिल्ला समन्वय समिति बाँकेले स्थानीय तहबाट भईरहेको राहत वितरण लगायतको कामको अनूगमन गरिरहेको संयोजक श्रीवास्तवले जानकारी दिनुभयो ।

समितिले नेपालगञ्ज उपमहानगरपालिका, नरैनापुर र डुडुवा गाउँपालिकामा अनूगमन गरिसकेको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »