सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

जिल्ला हुलाकका प्रमुख पाण्डेलाई निजामती सेवा पुरस्कार

नेपालगञ्ज, निजामती सेवा दिवसको अवसरमा जिल्ला हुलाक कार्यालय बाँकेका कार्यालय प्रमुख, हुलाक अधिकृत गोबिन्दप्रसाद पाण्डेलाई नेपाल सरकारले पचास हजार राशीको निजामती सेवा पुरस्कार–२०७९ प्रदान गर्ने निर्णय गरेको छ ।

नेपालगंज उपमहां नगरपालिका वडा नं १ चन्दननाथमार्ग धम्बोझीका स्थायी बासिन्दा पाण्डे दुई दशक देखि सरकारी राष्ट्र सेवाका साथै साहित्य संस्कृति, योजना विकासका बिषयमा लेखन तथा समाजसेवामा समेत संलग्न रहेका रहनुभएको छ । पाण्डेले पश्चिम नेपालका बिद्यार्थीहरुको अध्ययन तथा लेखन सीप तथा क्षमताविकासका लागि निशुल्क अभिमुखिकरण संचालन गरि रहनु भएको छ ।

आफुले विगतमा वाणिज्य कार्यालयमा रहँदा सेवाग्राहीको सहजताका लागि विकास गरेको संयूक्त निवेदन तथा उपभोक्ता हकहितका काम, कोहलपुर नगपालिकामा रहंदा गरेको सरसफाई, हरियाली तथा सड्क बिस्तारको काम,जिल्ला हुलाक कार्यालय बांकेमा भौतिक संरचना निर्माण, सेवा प्रवाहमा सुधार, दु्रत हवाई डाँक सेवा, हुलाक बचत बैंकमा बचत बृदि लगाएतका कामको मूल्यांकन गरेर नेपाल सरकारले पुरस्कृत गरेको पाण्डेले बताउनुभयो ।

भर्खरै

सम्बन्धित खबर

Language »