सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

जुगल गाउँपालिकाको आयोजना र सोउल हिमालयको व्यवस्थापनमा जुगल हिमशृखला अन्तरगतको ग्याल्सेन पिक सफल आरोहण

काठमाडौँ । सगरमाथ आरोही तथा मानव बेचबिखन विरुद्धकाे अभियानमा निरन्तर लागि रहेका समाजसेवी सर्मिला स्याङतानले कार्तिक ३ गते जुगल हिमाल श्रृङखाल अन्तरगतको ग्याल्सेन पिकको सफल आरोहण गरेको छ । आरोही लामा सहित पाँच जनाको टोलिले ६ हजार १ सय ५१ मिटर उचाइको ग्याल्सेन पिक आरोहण गरेका हुन् ।

सफल आरोहण पछि राजधानी फर्किएको हिमाल् लामाले जानकारी दिइन । आरोहण टोलि काठमाडौबाट आफ्नो नेतृत्वमा बेसक्याम्पसम्म पुगेको र त्यहाँबाट माथी क्लाम्बिङ गाइड आङ्दोर्जे शेर्पाको नेतृत्वमा गएको उनले बताइन् ।

जुगल गाउँपालिकाको आयोजना र सोउल हिमालय ट्रेक एन्ड टुर प्राइभेट लिमिटेडको ब्यबस्थापनमा एक्स्पिडिसन सम्पन्न भएको आरोहण दलमा शर्मिला लामा, पेम्बा तामाङ, आङछिरिङ शेर्पा, सार्की शेर्पा, आङ दोर्जे शेर्पा र पासाङ काजी शेर्पा रहेको जुगल गाउँपालिकाको उपाध्यक्ष सृजना लामाले बताइन् । आरोहण दलमा एक सदस्य पासाङ काजी शेर्पा अस्वस्थताका कारण हाइक्याम्प बाट फर्किएको क्लाम्बिङ गाइड आङ दोर्जे शेर्पाले बताए ।

आरोहण दलमा शर्मिला र आङ दोर्जे शेर्पाले आठ हजार मिटर माथिका हिमाल् आरोहण गरिसकेको छन भने बाँकी सदस्यले ६ हजार मिटर अग्ला रास्ट्रिय र अन्तर्राष्ट्रिय हिमालको सफलतापुर्बक आरोहण गरिसकेका छन् । राजधानी काठमाडौंसँगै जोडिएको जिल्ला सिन्धुपाल्चोकको जुगल हिमाल नेपाल घुम्न आउने बिदेशि पर्यटकहरुका लागी सबैभन्दा नजिकको गन्तव्य बन्न सक्ने भए पनि नजिकको तिर्थ हेला भनेझैँ उचित प्रचार प्रसारको अभावले ओझेलमा परेकोले आफू नेतृत्वको टोलिले जुगल आरोहण गरेको शर्मिलाले बताइन् ।

जुगल राजधानीसँग रहेको र कम आरोहण भएको हुँदा पछिल्लो पटक आरोहिहरु आकर्षित भएको र पदमार्ग, बेसक्याम्पसम्म लगायतका पुर्वाधार निर्माण गर्न सके यो हिमालको आकर्षण झन बढ्ने आरोहण दलका सदस्य सोउल हिमालयन ट्रेक एन्ड टुर्सको संचालक पर्यटन ब्यवसायी सार्की शेर्पाले बताए । जुगल हिमाललाई राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा प्रचारप्रसारका लागी यो आरोहणले थप मद्दत पुग्ने उनको भनाइ छ ।
जुगलमा पर्यटन प्रबद्र्धन भएमा त्यहाँका जनसमुदायको जीवन स्तर छिटै उकास्ने आरोहण दलका सदस्य आङछिरिङ शेर्पा र पेम्बा तामाङले बताए ।

कोरोना महामारीका कारण विश्व आक्रान्त भइरहेकै बेला निराशा र तनावबाट मुक्त हुनु पर्छ भन्ने सन्देश दिन पनि आफ्नो टोलि कोरोना परिक्षण पश्चात् हिमाल आरोहणमा निस्केको शर्मिलाको भनाइ छ ।

मानव बेचबिखनविरुद्धको सन्देश बोकेर, नेपालको पर्यटन प्रबद्र्धनमा टेवा पुर्याउन ८ हजार मिटर भन्दा अग्ला विश्वका १४ हिमशिखर चुम्ने अभियानमा रहेकी शर्मिलाले बिश्वका सर्बोच्च शिखर ८,८४८ मिटर, मनास्लु ८१६३ मिटर, युरोपको सबैभन्दा अग्लो शिखर माउन्ट एल्ब्रुस लगायत नेपालका ६ हजार माथिका निकै हिमाल आरोहण गरिसकेकि छन ।

भर्खरै

सम्बन्धित खबर

Language »