सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

जुगल पहिरो अपडेट : ३८ बेपत्ता, ८ घाइते,पाँचको उद्धार

सिन्धुपाल्चोक। सिन्धुपाल्चोकको जुगल गाउँपालिका २ लिदीमा शुक्रबार बिहान गएको पहिरोमा परी एकै परिवारका ६ जनासहित ३८ जना बेपत्ता भएका छन्।

अहिले पहिरो गएको स्थलमा रहेका प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाका प्रेस सल्लाहकार श्रीघर न्यौपानेले स्थानीय मानबहादुर दोङको परिवारको ६ जनासहित ३८ जना बेपत्ता भएको जानकारी दिए। उनले ८ जना घाइतेलाई उद्धार गरी उपचारका लागि पठाइएको जानकारी दिए।

‘अहिलेसम्म एकै परिवारका ६ जनासहित ३८ जान बेपत्ता भएको जानकारी आएको छ’, न्यौपानेले भने, ‘८ घाइतेको उद्धार गरी उपचारका लागि पठाएका छौँ।’

उनले पहिरोबाट ३७ घर पूर्णरुपमा ध्वस्त भएको जानकारी दिए।

घाइते केहीलाई सदरमुकाम चौतारास्थित चौतारा अस्पताल र केहीलाई काठमाडौंमा उपचारको लागि पठाइएको छ । आज बिहान ६ बजे स्थानीय लामाटोलबाट आएको पहिरोले घर पुरेको गाउँपालिकाका अध्यक्ष होमनारयण श्रेष्ठले जानकारी दिए ।

भर्खरै

सम्बन्धित खबर

Language »