सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

जेठ १८ सम्म हवाई उडान र सीमा नाका बन्द

काठमाडौँ। सरकारले अन्तर्राष्ट्रीय र राष्ट्रीय हवाई उडानमा लगाएको प्रतिबन्धलाई पनि बढाएर जेठ १८ सम्म पुर्‍याएको छ । यसअघि यो प्रतिबन्ध जेठ २ सम्म जारी गरिएको थियो । मन्त्रिपरिषद्ले लकडाउन जेठ ५ गतेसम्म जारी राख्ने निर्णय पनि गरेको छ ।

यस्तै सरकारले अन्तर्राष्ट्रीय सीमा नाका जेठ १८ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ । छिमेकी भारतमा कोरोना संक्रमितको संख्या बढिरहेका बेला बुधबार बसेको मन्त्रिपरिषद् बैठकले सीमा नाका जेठ १८ सम्म बन्द गर्ने र थप कडाई पनि गर्ने निर्णय गरेको छ ।

सरकारले भोली बैखाश २५ गते बुद्ध जयन्तीका अवसरमा साँझ दिप प्रज्ज्वलन गर्न पनि नागरिकहरुलाई आग्रह गरेको छ । बुद्ध जयन्तीको अवसर सहित कोरोनाको महामारीबाट मुक्ति मिलोस् भन्ने कामना पनि गरौं भनेर दिप प्रज्ज्वलन गर्न आग्रह गरिएको हो।

भर्खरै

सम्बन्धित खबर

Language »