सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

झलनाथ खनाल प्रतिष्ठानको बारेमा तथ्य,सत्य केहि कुरा

काठमाडाैँ । २०७० सालको संविधानसभाको चुनावमा तराईको जिल्ला मध्ये एउटा जिल्ला सर्लाहीमा निर्वाचनका को दौरानमा जानेक्रममा तराइका विभिन्न जनताले भोग्नु परिरहेको समस्याको बारेमा र कष्टकर जीवन बिताइरहनु पर्ने अवस्थाको बारेमा पूर्व प्रधानमन्त्री झलनाथ खनाललाई जानकारी भएछ । तराईको सबैभन्दा जटिल समस्या भनेको सर्पको टोकाइबाट मानिसको अकालमा मृत्यु रहेछ ।

चुनावी प्रचारप्रसारको दौरानमा पूर्व प्रधानमन्त्री खनालको सामुन्ने एकजना बालिकाको सर्पको डसाइबाट मृत्यु भएछ त्यो घटनाले वहाँलाई दुखित र मर्माहत तुल्याएछ । बिश्वमा बर्षेनी ८१ हजार भन्दा बढी मानिस सर्पको टोकाईबाट मर्ने गरेका रहेछन् । नेपालमा भने सर्पदंशको कारण बर्षेनी औषत २५ सय जनाको मृत्यू हुने रहेछ यो घटनाले वहाँलाई बिछिप्त बनाएछ । पछि वँहामा एउटा बिचार आएछ कसरी तराईका दाजुभाई तथा दिदीबहिनीहरुलाई सर्पको डसाइबाट अकालमा हुने मृत्युबाट बचाउनु भन्ने? वहाँले यो समस्याको समाधानको लागि त्यहाँका बुद्धिजीवी साथीहरुसँग सुक्ष्मरुपमा छलफल गर्नुभएछ ।

सर्पले टोकेको बिरामीलाई बचाउन प्रयोग गरिने एन्टी स्नेक भेनम नेपालमा आजसम्म पनि उत्पादन हुन सकेको रहेनछ । त्यो सर्पदंशको उपचारमा हामीले भारत संग पुर्ण निर्भर हुनुपर्ने अवस्था रहेछ । उक्त एन्टी स्नेक भेनम आयात गर्नको लागि हाम्रो बर्सेनि करोडौं रुपैयाँ रकम भारत भित्रदो रहेछ । त्यहाँका जनताहरुले यसप्रकारका औषधीहरू नेपालमै उत्पादन गर्नुपर्छ र भारतसँगको परनिर्भरता हटाइ नेपालीहरु नै आत्मनिर्भर हुनुपर्छ भन्ने माग राखेका रहेछन् । संविधान सभाको निर्वाचन पश्चात सर्लाही जिल्ला कमिटी अध्यक्ष रेवती पन्त सहित को टिमले वहाँ सँग भेटघाट गरी वहाँकै नामबाट एउटा सामाजिक प्रतिष्ठान खोल्ने भन्ने प्रस्ताव राख्नुभएछ ।पूर्ब प्रभानमन्त्री खनालले बिचार गरी तराइका नेपाली जनताको पीडा र दुखलाई मलम लगाउने यो विशुद्ध सामाजिक संस्था हुनेछ भन्ने विश्वास गरि उहाँहरु को प्रस्तावलाई समर्थन गर्नुभएछ । सोही बमोजिम २०७१ सालमा सर्लाहीका रेवती पन्त को अध्यक्षतामा झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना भएछ ।

त्यसपछि त्यस संस्थाले आजसम्म पारम्भिक काम(संभाब्य अध्ययन,डि.पि.आर,टि.ओ.आर) सम्पन्न गरेको रहेछ । आगामी दिनमा यस संस्थाले सर्पदंश उपचारको लागि अत्याधुनिक हस्पीटल निर्माण गर्ने,आबश्यक उपकरण खरिद गर्ने,सर्पको म्युजियम निर्माणगर्ने,सर्पपालन गर्न भवन निर्माण गर्ने, बिष प्रशोधन ल्याब भवन, बिष दोहन गर्ने भवन निर्माण गर्ने साथै तालिम केन्द्रहरु स्थापना गर्ने जस्ता आधारभुत भौतिक संरचनाहरm बनाउने र एन्टी स्नेक भेनम उत्पादनको काम शुरु गर्ने लक्ष्य राखेको रहेछ ।

बिडम्बना तर अहिले बिभिन्न संचार माध्यममा नेपाल सरकारका बिभिन्न निकायहरुबाट झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठानको नाममा ७२ करोड रकम निकासा भएको भनेर बिभिन्न हल्ला फैलाइएको छ । यो रकम झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई दिइएको होइन् । यो एन्टि भेनम प्रोडक्सन एण्ड रिसर्च सेन्टर नेपाल सगँ प्रदेश न २ सरकारले गरेको सझौता मात्र हो । रकम छुट्टाईसकिएको अबस्था भने होइन् । यसरी अत्यधिक प्रभावित तराईका जनताले भोगिरहेको दुःख कष्टको निवारण गर्नको लागि अगाडि बढेको यो संस्थालाई विभिन्न सञ्चारमाध्यमहरुले कपोकल्पित र दिग्भ्रमित बनाइरहेका छन । केही उद्दण्ड मिडियाहरुले अरु नेपालमा खोलिएका प्रतिष्ठान सरह यो प्रतिष्ठान पनि परिबारका सदस्य बसेर चलाउने भनेर भ्रम फिजाईरहेका छन् । यो एउटा बिशुद्ध सामाजिक संस्था हो ।यसमा जो कोही बिज्ञता भएका नेपालीहरm रहन सक्छन् । आज सम्म यस संस्थामा पूर्बप्रधानमन्त्री परिवारका कुनैपनि सदस्यहरु आर्थिक, भौतिक रूपमा संलग्न नभएको जानकारी गराउँदै कपोकल्पित र झुटा समचार को पछाडि नलाग्न सबैलाई आग्रह गर्दछु । । म केहि गलत प्रचार गर्ने निकायलाई प्रश्न गर्न चाहान्छु की आजसम्म नेपाल सरकारले तराईका जनताको सर्पदंश सुरक्षाका लागि गर्न नसकेको एन्टि भेनम प्रोडक्सनको काम नेपालमै गरेर तराईका जनताहरmको अकालमा ज्यान जाने अबस्था समाप्त गर्नु के अपराध हो र ? एन्टि भेनम प्रोडक्सनको काम नेपालमै गरेर परनिर्भरता हटाई आत्म निर्भरता हुनु के अपराध हो र ? स्वदेश मा नै अस्पतालहरु निर्माण गरि नेपालमै रोजगारको अबसर सिर्जना गर्नु के अपराध हो र ? अपराध होइन भने नेपाली जनताहरmको हितमा गरिने यस्ता प्रकारका सकारात्मक कामहरुको शुरुवातको चरणमा नै भ्रुम हत्या गर्ने काम नगरौ । सकारात्मक सोचका साथ अघि बढौ । भ्रमपूर्ण समाचारहरु सम्प्रेषण गर्ने, जनतालाई भ्रमित तुल्याउने, अनावश्यक विवाद खडागरी व्यक्तिगत रुपमा चरित्रहत्या गर्ने निकायहरmलाई सचेत गराऔ ।

अन्त्यमा, नेपालीहरुले देशभर सर्पको डसाइबाट भोग्नुपरिरहेको दुख,पिडा, एन्टी स्नेक भेनम (औषधिको) अभावले अकालमा भइरहेको मृत्यु, एन्टी स्नेक भेनमको लागि भारतसँग आत्म निर्भर बन्नु परेको अबस्था जस्ता समस्यालाई सदाको लागि अन्त्य गर्ने उद्देश्यका साथ भलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठानले गरेको सकारात्मक सामाजिक कामका लागि साथ र सहयोग गर्नुहुन सम्पूर्ण देशभक्त र न्यायप्रेमी दाजुभाइ तथा दिदीबहिनीहरुलाई आह्वान गर्दछु ।

निशान थापाकाे वालबाट साभार

भर्खरै

सम्बन्धित खबर

Language »