सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

झापामा अर्को एक जनामा कोरोना पुष्टि : संक्रमितको संख्या ५२ पुग्यो

काठमाडौं। आइतबार झापाका ५० वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह-प्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार कोशी अस्पताल, विराटनगरमा भएको परीषक्षको नतिजा अनुसार झापाका पुरुषमा कोरोना पोजिटिभ देखिएको हो । संक्रमित व्यक्ति पुरुष झापाका ५० बर्षीय रहेको पनि खुलाइएको छ ।

सामान्य स्वास्थ्य अवस्था रहेका उनी अहिले अस्पतालको निगरानीमा छन् । यसअघि झापाको दमकका एक जनामा संक्रमण देखिएको थियो । उनको कोशी अस्पताल विराटनगरमा उपचार भइराखेको छ । आइतबार झापामा एक जनामा कोरोना पुष्टि भएसँगै संक्रमितको संख्या ५२ पुगेको छ । १६ जना भने डिस्चार्ज भएका छन् ।

पीसीआर विधिबाट ९ हजार ९ सय ३१ र आरडीटी ४१ हजार ४ सय ३६ जना गरेर ५१ हजारमा गरी अहिलेसम्म ५१ हजार तीन सय ६७ नमुना परीक्षण गर्दा भएका छन्। पछिल्लो २४ घन्टामा दुई हजार ९६ जनाको नमुना परीक्षण भएको थियो । आइतबार नै वीरगञ्जका दुईजनामा कोरोना देखिएको थियो ।

योसंगै नेपालमा कोरोना संक्रमितको संख्या ५२ पुगेको छ । यसअघि आज मात्रै २ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको थियो ।

भर्खरै

सम्बन्धित खबर

Language »